२६ मंसिर ०७७, डुकुछाप । चाउरी परेको अनुहार,कुप्रो शरिर र हातमा लठ्ठी टेकेकी बृद्ध महिला । सकी नसकी घाँसको भारी बोकेर ललितपुरको डुकुछापमा हिड्दै गरेकी अवस्थामा भेटिइन् ।
ललितपुरको डुकुछापकी ठूली तामाङ्ग ७५ बर्षको उमेरमा पनि घाँसको भारी बोक्न छोडेकी छैनन् । घरमा पालेको बाख्रालाई घाँस लिन उनी सधैं पाखामा पुग्छिन् ।
थाप्लोमा गह्रगो भारी बोके पनि उनको हातमा लठ्ठी छुट्दैन । बुढो शरिर लठ्कीको सहारामा हिड्ने उनी घाँस बोक्न छोड्दिनन् ।
ठूलीलाई भारी बोक्न गाह्रो छ भन्ने बेला बेलामा उभिदै र हिड्दा लठ्ठी टेकेकोेबाटै थाहा हुन्छ . ललितपुर बुरुञ्चली माइती भएकी ठुली तामाङ्ग आफू पचहत्तर बर्ष पुगेको बताउछिन् । भन्छिन्,‘आफूलाई थाहा छैन । आफ्ना मान्छेले पचहत्तर बर्ष पुगेको भन्छन् ।’
यो बुढेसकालमा आफ्ना छोरा बुहारीले घाँस काट्न नजान सल्लाह दिने गरेको ठूली बताउँछिन् । भन्छिन्, ‘घरमा कुँजिएर बस्नुभन्दा काम गरे आराम हुन्छ भनेर हिडेकी ।’
प्रतिक्रिया