८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


धर्तिको स्वर्ग : रमाइलो कालेश्वर (तस्विरहरु)


२८ मंसिर २०७७, आइतबार  

0
Shares

उचाइबाट देखिएको कालेश्वर । तस्विरहरु ः ललितपुर खबर

ललितपुर खबर
२८ मंसिर ०७७, कालेश्वर । कालेश्वर, रमणीय यात्रामा रम्नेका लागि यो नौलो नाम हुनसक्छ । तर कालेश्वर रमणिय धार्मिकस्थल ललितपुरमै छ ।

गणेश हिमाल ।

कालेश्वर मन्दिर पहाडको टुप्पोमा छ । यहाँबाट ललितपुर,मकवानपुर र काभ्रेलगायत दर्जनौं ठाँउ देखिन्छ । यहाँबाट गणेश र लाङ्गटाङ्ग हिमाल देखिन्छ । अनगिन्ती पहाडका चुचुरा देखिन्छन् ।

मन्दिरको तस्विर खिच्दै एक यात्री ।

कालेश्वर चापागाँउ प्याङ्गगाँउबासी नेवार समुदायको कुल देवता मान्छन् । हरेक चैत्र पुर्णिमामा यहाँ मेला लाग्छ । मेलामा सहभागी हुन प्याङ्गगाँउबासी कालेश्वर पुग्छन् ।

कालेश्वरबाट देखिएको पुर्वी पहाडका चुचुराहरु ।

दक्षिण ललितपुरको वैतर्णीधामसँगै कालेश्वर मन्दिरको विशेष धार्मिम महत्व रहेको छ । मसान खोला र घडघडा नदिको संगम रहेको बैर्तणी धामको जल कालेश्वर मन्दिरमा काल पुरुषले चढाएको जनश्रृति उल्येख गर्दै प्याङ्गगाँउका चरसुन्दर महर्जन भन्छन्, ‘सिनौनमा अवस्थित पहाडमा अड्केको चलढुंगाबाट चन्दन घोटेर यही मन्दिरमा चढाएको धार्मिक ग्रन्थमा उल्येख छ ।’ हिन्दु धर्मालम्बीहरुको ग्रन्थ स्वस्थानीमा कालेश्वरमा सतिदेविको कण्ठ पतन भएको उल्लेख छ ।

मन्दिरबाट देखिएको त्रिशुल र हिमाल ।

कालमोचन घाट, घडभडा नदि माहाँकाल थान यहाँका हेर्नलायक अरु तिर्थस्थलहरु हुन् ।
कसरी जाने ?
कोलेश्वर जान सातदोबाटो चापागाँउ हुँदै दक्षिण ललितपुरतर्फको यात्रा गर्नुपर्छ । चापागाँउबाट लेले,नल्लु, भारदेउ हुन्दै चौघरेतर्फको बाटो पक्रनु होला । जंगलैजंगलको यात्रापछि एउटा कतवन भञ्ज्याङ्ग भन्ने सानो गाँउमा पुगिन्छ । यहाँबाट ओरोलो बाटो पक्रनु पर्छ । अनि पुगिन्छ गोटिखेल बजार ।

रमणिय दृश्य निहाल्दै युवक ।

पहाडै पहाड रहेको गाँउको बिचमा रहेको सुन्दर बजारलाई दाहिनेतर्फ पारेर कालेश्वर मन्दिर जानका लागि चन्दनपुरतर्फको बाटो समात्नु पर्छ । झण्डै एक किलोमिटर यात्रा गरेपछि कालेश्व्र मन्दिर जानै प्रवेशद्धार पुग्न सकिन्छ ।

चुचुरामा कालेश्वर मन्दिर पृष्ठभूमिमा हुस्सु र वादल ।

यहाँबाट उकालो मोटर बाटोबाट अघि बढ्नुपर्छ । याँहाबाट सिसौन गाँउ पुगिन्छ । गाँउ छोडेर उकालो पहाडको जंगल पार गरेपछि भञ्ज्याङ्ग पुगिन्छ । यही भज्ञ्याङ्गमा मोटर बाटो पुरा हुन्छ । २० मिनेटको उकालो बाटो हिडेपछि डाँडाको टुप्पोमा कालेश्व्र मन्दिर भेटिन्छ ।

लाङ्गटाङ्ग हिमाल ।
हुस्सुले ढाकेको पहाड ।
गणेश हिमाल र लाङ्गटाङ्ग हिमाल ।
खोरभञ्ज्या बाट देखिएको कालेश्वर सेरोफेरो ।
चनढुंगा ।
कालेश्वरको मूर्ति ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ९ : ४७ बजे