११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दरवारमार्गमै फोरियो बैंकको एटिएम


२८ मंसिर २०७७, आइतबार  

0
Shares


२७ मङ्सिर ०७७, काठमाडौं । काठमाडौं महानगरपालिका १ दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ तोडफोड गरिरहेको अवस्थामा काठमाडौं कपन बस्ने खोटाङ घर भएका ३० वर्षीय आनन्द तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनले एटिएममा जडान गरिएको एटिएम फोरेर एटिएमको पैसा निकाल्न खोजेको अभियोगमा पक्राउ गरेको प्रहरीले बताएको छ ।
उनले यो एटिएम बुथ तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको थियो । तामाङ्गले एटिएमको ढोकाको सिसा फुटेएका थिए ।
पक्राउपछि तामाङ्गमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जाकनारी दिएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  १२ : ०७ बजे