११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नृसिंह, देगुतलेजु र बालकुमारी मन्दिर पुनःनिर्माण गरिने


३ पुस २०७७, शुक्रबार  

0
Shares

३ पुस ०७७,पाटन । मङ्गलबजारस्थित नृसिंह तथा देगुतलेजु र बालकुमारीमा रहेको बालकुमारी मन्दिर पुनःनिर्माण गरिने भएकोे छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बिहीबार ‘महानगरपालिकाको १०२आँै स्थापना दिवस’ का ती मन्दिर पुनःनिर्माण गरिने बताएका हुन् ।
उहाँले भन्नुभयो, “बालकुमारी मन्दिर पुनःनिर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीको काम भइरहेको छ ।” यसैगरी लगनखेलको ‘न्हूपुखु’ पोखरी बनाउन रु डेढ करोड बजेट विनियोजन भइसकेको महर्जनले जानकारी दिए ।

जनतालाई कर र नक्सा पास गर्न महानगपालिका आउनु नपरोस् भनेर अनलाइन प्रविधिमार्फत सुविधा पुर्याउन लागिएको उनको भनाइ थियो । महानगरपालिकामा रहेका ७९ हजार घरदैलोमा ब्लक नम्बर नरहँदा घर पत्ता लगाउन कठिन भइरहेकाले सडक सञ्जालमा आधारित सो नम्बर राख्नका लागि अध्ययन गरिसकेको महर्जनले बताए । “हामीले वडा नं ३ का एक हजार घरमा ब्लक नम्बर वितरण गरिसक्यौँ”, उनले भने, “आगामी वर्ष यहाँका प्रत्येक घरमा २१आँै शताब्दीलाई सुहाउँदो नम्बर राखिसकिनेछ ।”
महानगरपालिकलाई स्मार्ट सिटी बनाउन स्मार्ट बत्ती, साइकल लेन र हरियाली प्रवद्र्धन गर्नुपर्ने तत्व आवश्यक रहेको हुँदा यो वर्ष वाग्मती पुलबाट सातदोबाटोसम्म ६ सय ७९ स्मार्ट सडक बत्ती हाल्ने काम लगभग सकिन लागिसकेको उनको भनाइ छ । नगर प्रमुख महर्जनका अनुसार यस वर्ष मङ्गलबजारबाट ग्वार्काे अनि हिमालय होटलबाट अशोक सिनेमा हलसम्म र यो आर्थिक वर्ष हरिसिद्धि, खोकना, बुङ्मती क्षेत्रमा पनि स्मार्ट बत्ती जडान गरिने छ ।
महानगरपालिकामा अघि बढाइएको पानी र हरियालीजन्य परियोजनाअन्तर्गत जावलाखेलको पाँच ठाउँमा उद्यान निर्माण भइरहेको र लगनखेल अनि कुमारीपाटीको एक–एक ठाउँमा उद्यान निर्माण गरिने भएको उनको भनाइ थियो ।
महानगरपालिकाले अघि बढाएको हरियालीजन्य परियोजनाअन्तर्गत वाग्मती पुलबाट दायाँबायाँ हरियाली प्रवद्र्धनका विभिन्न काम भइरहेका छन् । “यी क्षेत्रमा हुर्किएका रुख बिरुवामा पानी हाल्न महानगपालिकाले एक ट्याङ्कर किनिसकेको छ भने पिम्बहाल र पूर्णचण्डी पोखरी पनि सुधार गरिसकेका छौँ”, नगर प्रमुख महर्जनले भने, “७.९ किलोमिटर चक्रपथ सडक महानगपालिकाभित्र पर्ने र ट्राफिक बत्ती व्यवस्थापन नहुँदा नेपाल सरकारलाई सो क्षेत्रमा स्मार्ट सिटी लाइट राखिदिन अनुरोध गरिरहेका छाँै ।” नेपाल सरकारले यस प्रकारको बत्ती राखिदिएमा महानगरपालिकाले मासिकरूपमा उठ्ने खर्च तिर्ने कार्यक्रममा बताए ।
महानगरपालिकाले सीताराम हाछेथुलाई नगर प्रहरी प्रमुखका रूपमा नियुक्त गरेसँगै फुटपाथ सफा अनि दुर्घटना कम र महानगरपालिकाको सौन्दर्य वृद्धि भइरहेको कार्यक्रममा जनाइएको थियो । उपप्रमुख गीता सत्यालले ललितपुर महानगरपालिका देशकै ठूलो नगरपालिका रहेको जिकिर गरिन् । नेपाल नगरपालिका कर्मचारी एशोसिएसनका अध्यक्ष सुरेन्द्रराज अवालेले पूर्वाधार निर्माणमा मुलुककै उन्नतशील नगर खडा गर्न आफूहरु दिनरात खटेको बताए ।
महानगरपालिकाका प्रवक्ता राजु महर्जनले विसं १९७५ मा फोहरमैला व्यवस्थापन अर्थात् पाटन सःबहालको नाममा सो स्थान परिचित रहेको अनि विसं २००९ मा ललितपुर नगरपालिकाका नामले चिनिएर विसं २०१८ मा नगर पञ्चायत हुनपुगेको बताए । उनले भने, “विसं २०४७ मा पुनः ललितपुर नगरपालिकाका हुँदै २०५२ मा ललितपुर उपमहानगरपालिका र २०७३ चैत १० गतेदेखि हालसम्म ललितपुर महानगरपालिकाका नाममा परिचित भइरहेको छ ।”

 

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ८ : ५९ बजे