ललितपुर खबर
३ पुस ०७७, चापागाँउ । मध्यललितपुरको गोदावरी नगरमा अहिलेसम्म १८ जनाको मृत्यु भएको छ । नगरपालिकाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नगरको १२ नम्बर वडामा अहिलेसम्म सबैभन्दा धेरै ४ जनाको मृत्यु भएको छ भने वडा नं.६,७,८,१०,१३ र १४ वडामा अहिलेसम्म संक्रमितको मृत्यु भएको छैन । नगरभित्र ठेगाना नखुलेको १ जनाको कारोना संक्रमणकै कारण मृत्यु भएको छ ।
अहिलेसम्म सबैभन्दा धेरै संक्रमित वडा नं.१५मा १७ जना भेटिएका छन् ।
नगरभित्र अहिलेसम्म ६ सय ५८ जना पुरुष र ४ सय ८८ जना महिला गरी जम्मा १ हजार १ सय ४६ जना कोरोना संक्रमित भइसकेका छन् । ती मध्ये १ हजार ५१ जना निको भइसकेका छन् ।
नगरभित्र ७७ जना अझैं कारोना निको हुन बाँकी छन् । पछिल्लो समय ११, १४ र ३ नम्बर वडामा १÷१ जना कोरोना संक्रमित फेला परेका थिए ।
प्रतिक्रिया