११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दरवारमार्गमा तास खेल्ने ८ जना पक्राउ


३ पुस २०७७, शुक्रबार  

0
Shares


३ पुस ०७७, दरवारमार्ग । काठमाडौं महानगरपालिका १ दरबारमार्गस्थित वानओक रेष्टुरेण्ट एण्ड लन्चबारको तेस्रो तलामा तास खेलिरहेको अवस्थामा भक्तपुर चाँगुनारायण नगरपालिका ७ बस्ने २८ वर्षीय प्रकाश लामा लगायत ८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद ५ लाख १८ हजार रुपैयाँ र २७ थान तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
टोखामा दुर्घटना १ को मृत्यु
काठमाडौं टोखा नगरपालिका ३ भत्केकोपुलस्थित सडकमा प्रदेश ३ ०१ ००३ क ७१४४ नम्बरको निसान गाडीले बा.९५ प ५५४० नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक नुवाकोट बेलकोटगढी नगरपालिका १० घर भई हाल टोखा नगरपालिका खरीबोट बस्ने ५५ वर्षीय रामप्रसाद त्रिपाठीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रहेका निसान गाडीका चालकको प्रहरीले खोजी गरिरहेको छ ।
वनेपा मृत अवस्थामा १ फेला
काभ्रे, बनेपा नगरपालिका ९ पुण्यमाता खोलाको किनारामा हाल नाम,थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
रुपन्देही, बुटवल उपमहनगरपालिका १२ स्थित चारपाला सामुदायिक वनमा सोही उपमहानगरपालिका तामनगर बस्ने ८१ वर्षीय हिरालाल बैद्य बिहीबार मृत अवस्थामा फेला परेका छन् । गत मङ्सिर २६ गतेदेखि हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  १ : २९ बजे