११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा आए नयाँ सिडिओ


३ पुस २०७७, शुक्रबार  

0
Shares

३ पुस ०७७, ललितपुर । ललितपुर जिल्ला प्रशासन कार्यालयमा नयाँ सिडियो सरुवा भएर आएका छन् ।
गृह मन्त्रालयका अनुसार गृह मन्त्रालयका सहसचिव ढुण्डीप्रसाद निरौला सरुवा भएर ललितपुर आएका हुन् । ललितपुरका प्रजिअ नारायणप्रसाद भट्ट सचिवमा बढुवा भएर बाग्मती प्रदेश कार्यालयमा पठाइएकाले निरौलालाई ललितपुरमा सरुवा गरिएको हो ।
त्यस्तै धनकुटाका प्रजिअ केशवप्रसाद विमलीलाई महोत्तरी, गृहका सहसचिव वासुदेव दाहालाई धनकुटा, रामेछापका प्रजिअ रुद्रादेवी शर्मालाई गुल्मी, पाँचथरका प्रजिअ अर्जुनकुमार शर्मालाई रामेछापको प्रजिअमा र खोटाङका प्रजिअ शालिग्राम शर्मा पौडेललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
यस्तै महोत्तरीका प्रजिअ कृष्णबहादुर कटुवाललाई कारागार कार्यलय झुम्का, सुनसरी पठाइएको छ भने भोजपुरका प्रजिअ वसन्तराज पुरीलाई इलाका प्रशासन कार्यालय उदयपुरको कटारी पठाइएको छ ।
अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत कृष्णप्रसाद भण्डारीलाई भोजपुरको प्रजिअ, गृल्मीका प्रजिअ भरतकुमार शर्मालाई गृह मन्त्रालय र डोल्पाका प्रजिअ सुरेश सुनारलाई अध्यागमन कार्यालयमा सरुवा गरिएको छ । गृह मन्त्रालयका उपसचिव माधवप्रसाद ढकाललाई डोल्पा, मृगुका प्रजिअ कृष्णकुमार निरौलालाई सिरहा र गृह मन्त्रालयका उपसचिव मित्रलाल शर्मालाई खोटाङको प्रजिअमा सरुवा गरिएको छ ।

इलाका प्रशासन कार्यालय कटारीका उपसचिव चन्द्रबहादुर सिवाकोटीलाई मुगु, गृह मन्त्रालयका उपसचिव पुण्यप्रसाद ढकाल र जयराज भण्डारीलाई क्रमशःपाँचथर र तेह्रथुमको प्रजिअमा तथा तेह्रथुमका प्रजिअ विश्वराज न्यौपानेलाई गृह मन्त्रालयमा सरुवा गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ९ : ०८ बजे