११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा सुख्खा पहिरो खस्दा १ को मृत्यु, ३ घाइते


६ पुस २०७७, सोमबार  

0
Shares


६ पुस ०७७,काठमाडौं । भक्तपुर, चाँगुनारायण नगरपालिका ५ छाँयाबस्तीमा आइतबार पहिरो जाँदा एक युवकको मृत्यु भएको छ । भक्तपुर प्रहरकिा अनुसार बाटो निर्माण गर्ने क्रममा अचानक पहिरो खस्न गई त्यही बाटोमा काम गर्ने सिन्धुपाल्चोक लिशंखुपाखर गाँउपालिका ४ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका ५ छाँयाबस्ती बस्ने ३५ वर्षीय निमा योञ्जनको मृत्यु भएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग खरिपाटी भक्तपुरबाट खटिएको प्रहरीले पहिरो स्थल पुगेको थियो ।पहिरोमा परेर घाइते ३ जनालाई उद्धार गरी उपचारको लागि भक्तपुर अस्पताल र अर्थोपेटिक अस्पताल काठमाडौं पठाएको थियो । पहिरोमा परी घाइते भएका रामेछाप सुनापाती घर भई भक्तपुर चाँगुनारायण नगरपालिका ५ छाँयाबस्ती बस्ने ५० वर्षीय भुपालसिंह घिसिङलाई अर्थोपेटिक अस्पताल नारायणटार काठमाडौं हुँदै थप उपचारका लागि टिचिङ अस्पतालतर्फ पठाइएको छ भने सिन्धुपाल्चोक लिशंखुपाखर गाँउपालिका ४ घर भई सोही ठाउँ बस्ने ४४ वर्षीय प्रेम लामा अर्थोपेटिक अस्पताल नारायणटार काठमाडौंमा उपचार पश्चात् डिस्चार्ज भएका छन् ।
साथै कालिकोट, रास्कोट नगरपालिका ९ गाउखेत फुगाड खोलामा माटो खन्ने क्रममा माटोको ढिस्कोले च्यापिएर सोही ठाउँ पतलाझरना बस्ने १४ वर्षीया अम्बिका दर्जीको आइतबार साँझ घटनास्थलमै मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय रासकोटबाट खटिएको प्रहरीले शव निकाल्ने काम गरिरहेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १ : ०१ बजे