६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कम्युनिष्ट एक हुनुको विकल्प छैन : पुर्वसभामुख महरा


७ पुस २०७७, मंगलबार  

0
Shares

७ पुस ०७७, घोराई । सङ्घीय संसद्का पूर्वसभामुख तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महराले कम्युनिष्ट पार्टीहरु एक हुनुको विकल्प नभएको बताएका छन् । कम्युनिष्ट पार्टीका दाङ जिल्लाका संस्थापक सदस्य मणिकलाल गौतमको १३ औँ दिनको पुण्यतिथिमा (सोमबार)घोराहीमा आयोजित श्रद्धाञ्जलिसभामा उनले पार्टीमा देखिएको समस्यालाई छलफलबाट हल गर्नुपर्ने बताए ।
अहिले पार्टीभित्रको समस्या बहसकै अवस्थामा रहेको भन्दै महराले स्वस्थ राजनीतिक बहस भएमा यसले मुलुकमा नयाँ निकास दिने बताए । “अहिले पार्टी विभाजनको स्थितिमा पुगेको छ तर पार्टी एक हुनुको विकल्प छैन”, नेता महराले भने । उनले वामपन्थी एकता, राष्ट्रिय एकता, आदर्श र सिद्धान्तमा अडिग हुनुपर्ने बताए । ठूलो सङ्घर्षबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्नेसमेत महराको भनाइ छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ७ : ५३ बजे