१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पुस ५ गते साढे ३ बजे नै अविश्वास प्रस्ताव दर्ताः संसद सचिवालय


८ पुस २०७७, बुधबार  

0
Shares

८ पुस ०७७, काठमाडौं । संघीय संसद सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पुस ५ गते ३ बजेर ३० मिनेट जाँदा अविश्वास प्रस्ताव दर्ता भएको जनाएको छ ।
सचिवालयले दर्ता समयलाई लिएर विभिन्न सञ्चार माध्यममा आएका समाचारका विषयमा एक विज्ञप्तिमार्फत ध्यानाकर्षण समेत जनाएको छ।
प्रवक्ता डा.रोजनाथ पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अविश्वास प्रस्ताव प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू समक्ष पेश गरी कार्यव्यवस्था शाखा (प्रतिनिधि सभा) मा दर्ता हुने प्रचलन रहेको र २०७७ पौष ५ गतेका दिन पनि सम्माननीय सभामुखज्यूलाई सम्बोधन गरी विधिवत् रुपमा पेश भई सम्माननीय सभामुखज्यूको तोक आदेश भएपछि सोही दिन अपराह्न ३ः३० बजे कार्यव्यवस्था शाखा (प्रतिनिधि सभा) मा दर्ता भएको व्यहोरा जानकारी गराइन्छ ।’

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  १२ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।