८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


डा.सुवेदीको ‘भूकम्प सचेतना’ गीत सार्वजनिक


८ पुस २०७७, बुधबार  

0
Shares

८ पुस २०७७, काठमाडौं । लोकसर्जक डा.शिव सुवेदीको ‘भूकम्प सचेतना’ गीत सार्वजनिक भएको छ । भूकम्पको जोखिमबाट बच्चे उपायका बारेमा गीतबाट सन्देश दिन खोजिएको छ । गीतमा पशुपति शर्मा र देवी घर्तीले स्वर दिएका छन् । शब्द सङ्कलन सुवेदी तथा सङ्गीत गायक शर्माकै छ ।
पुष्पाञ्जलि म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको गीतलाई शिव सुवेदी युट्युब च्यानलबाट बजारमा ल्याइएको हो । गीतमा केशव बधुले सङ्गीत संयोजन गरेका छन् । भिडियोमा गायक शर्मा, गायिका घर्ती र शेर साउदले अभिनय गर्नुभएको छ भने केहीलाई विद्यार्थीका रुपमा रुपमा देखाइएको छ ।

भिडियोमा २०७२ को भूकम्पको दृश्यदेखि धरहरा र अन्य स्थलको पुनःनिमार्णको अवस्थालाई पनि देखाइएको छ । भूकम्पबाट जोगिने विभिन्न उपायमा अधारित गीतसहितको भिडियोले भूकम्पीय जोखिम न्यूनीकरण गर्नमा मद्दत गर्ने देखिन्छ ।
कलाकार सुवेदीले स्विट्जरल्याण्डको युनिभर्सिटी अफ लुजानबाट भूकम्प विज्ञानमा विद्यावारिधि गरेका छन् । सुवेदीले आफ्ना सुपरभाइजर जियोर्ज हेतेनीको आग्रहमा गीत तयार पारिएको बताए ।
डा.सुवेदीका अधिकांश गीत चर्चामा छन् । उहाँका ‘घाम जस्तो चम्किलो जून हुँदैन’, ‘भुमरीमा परेँ भने म’, ‘आमा तिम्रो दूधको भारा’, ‘खै हाम्रो दिलमा त घामै लागेन’, ‘कल्पनामै भए नि देख्छु भनेको’ ‘बाँचेको छु धन्न’, ‘आफ्नोपन’ लगायत गीत छन् ।

 

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  १ : ५१ बजे