३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


‘सर्बपक्षीय छलफलबाट समाधान’


८ पुस २०७७, बुधबार  

0
Shares


८ पुस ०७७,काठमाण्डौ । राष्ट्र र नागरिकको हितलाई केन्द्रमा राखेर सर्बपक्षीय छलफलमा जुटन परिवार दलले आग्रह गरेको छ । नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समितिका सदस्य काठमाडौँमा उपलब्ध केन्द्रिय सदस्यहरु तथा सल्लाहाकारहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
परिवार दलका अध्यक्ष एव पूर्वमन्त्री एकनाथ ढकालको अध्यक्षतामा बसेको बैठकलेसत्तारुढ नेकपा तथा प्रतिपक्षी दलहरुलाई संयमित हुन आग्रह गर्दै राष्ट्र र नागरिकको हितलाई केन्द्रमा राखेर घनिभूत रुपमा सर्बपक्षीय छलफल तथा संवादद्वारा नै समस्याको उचित समाधान खोज्नु पर्नेमा जोेड दिएको छ ।
बैठकले देशका राजनैतिक दलहरुबीच संवाद र सहकार्यको अभिबृद्धि गर्न नेपाल परिवार दलले आफ्नो भूमिका रचनात्मक रुपमा खेल्ने बताउँदै मुलुकले थप द्वन्द थेग्न नसक्ने भएकोले भबिष्यमा हुनसक्ने सम्भावित राजनैतिक अस्थिरताको आकलन गरि अहिले नै विवेकपूर्ण र दुरदर्शी निर्णय गर्न जम्मेवार राजनैतिक दल तथा नेतृत्वलाई लाई आग्रह गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय सहमति र सहकार्यको मार्गचित्रवाट नै नेपालको ठुला ठुला परिवर्तनहरु तथा संबिधान लेखन जस्तो ऐतिहाँसिककार्य सम्भव भएका तथ्यहरु स्मरण गराउदै संविधानको कार्यन्वयन गर्न पनि यो बाहेक अर्को मार्गचित्रवाट सम्भब नहुने भएकोले आबश्यक परे राष्ट्रिय सहमतिको सरकार गठन गर्न समेत तयार रहन प्रधानमन्त्री तथा सम्बन्धित सबैमा अनुरोध गर्ने निर्णय गरेको दलका प्रवक्ता सन्तोष कुमार पौडेले बताएका छन् ।
कोरोनाको महामारीले सिथिल भएको नेपाली अर्थतन्त्र र महंगी, बेरोजगार र भ्रष्टाचारले आक्रान्त बनाएको बेला सत्तारुढ दल भित्रको शक्ति संघर्षले सृजित अन्योलताले सबैलाई थप चिन्तित बनाएको भन्दै बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको शिफारिशमा राष्ट्रपतिले प्रतिनिधी सभाको विघटन गरेपछि मुलुकको राजनीतिमा विभिन्न कोणवाट चर्को बहस सुरु भएको छ । संसद विघटनको पक्ष र बिपक्षमा देशभरी प्रदर्शन र बहसहरु भएका छन् । सत्तारुढ नेकपा भित्र दुई अध्यक्षको नेतृत्वमा भिन्न भिन्नै बैठकहरु भएका छन् । नेपाल परिवार दलले यी विकशित घटनाक्रमलाई नजिकवाट नियाल्दै आएको बताएको छ ।
बैठकमा संसद विघटनको संबैधानिक तथा राजनैतिक पक्षहरुको बारेमा विभिन्न कोणवाट छलफल भएपनि यो मुद्धा सम्मानित सर्बोच्च अदालतमा विचाराधीन रहेकोले संसद् विघटनको उपयुक्त छिनोफानो अदालतवाट नै हुने र अदालतको फैशला परिवार दललाई स्वीकार्य हुने दलका महामन्त्री बिनोद डाँगीले बताए ।

 

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ८ : ४८ बजे