११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


धोविघाटमा गम्भिर मोटरसाइकल दुर्घटनामा, एक युवकको मृत्यु


८ पुस २०७७, बुधबार  

0
Shares

प्रतिकात्मक तस्बिर

८ पुस ०७७,धोविघाट । ललितपुरको धोविघाट सडकमा दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । ललितपुर महानगरपालिका ३ धोविघाटस्थित सडकमा प्रदेश ३–०२–२० प २३६१ नम्बरको मोटरसाइकलको ठक्करबाट मंगलबार राति ती पैदलयात्री को मृत्यु भएको प्रहरीले बताएको छ ।
मृत्यु हुनेमा काभ्रे घर भई अहिले त्यसै ठाँउ ललितपुर महानगरपालिका ३ धोबीघाट बस्ने २७ वर्षीय गोपिकृष्ण खनालको मृत्यु भएको हो । दुर्घटना गम्भीर घाइते उनको स्टार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । मोटरसाइकलमा सवार २ युवकहरु समेत घाइते छन् । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको त्यही स्टार अस्पतालमा उपचार भइरहेको छ ।
घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धानसँगे कारवाही प्रकृया समेत अघि बढाएको छ ।
चावहिलमा चोरी
काठमाडौं महानगरपालिका ७ चाबहिलस्थित शेरा शेर्पाको घरमा डेरा गरी बस्ने पर्सा घर भएको ३२ वर्षीय सुक बहादुर पाख्रिनको डेरा कोठाबाट मंगलबार साँझ नगद ५० हजार रुपैयाँ र करिब ३ तोला सुनका गहना समेत गरी करिब ३ लाख २० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
त्यागलमा पनि चोरी
ललितपुर महानगरपालिका १७ मङ्गलबजार त्यागलस्थित डेरा गरी बस्ने सुनसरी लौकी घर भएका वसन्त शाहको डेरा कोठाबाट मंगलबार दिउँसो नगद ५ हजार रुपैयाँ र करिब २ तोला सुनका गहना समेत गरी करिब १ लाख ८५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

 

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ९ : १६ बजे