८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


शुक्रबारदेखि फिल्म हल खुल्दै


९ पुस २०७७, बिहिबार  

0
Shares

९ पुस, ०७७ काठमाडौं । कोरोना भाइरसका कारण १० महिनादेखि बन्द रहेको फिल्म हल शुक्रबारदेखि खुल्दैछ । सरकारले व्यवस्था गरेपछि १० महिनापछि बन्द हल व्यवसायीले सुरक्षा मापदण्ड सञ्चालन गर्न लागेका हुन् । सिनेमा हलमा शुक्रबारबाट प्रदर्शनकै क्रममा रोकिएका दुई फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ पुनः प्रदर्शन हुँदैछन् । शुक्रबारबाट सिनेमा हल खुल्ने भएपछि अभिनेत्री केकी अधिकारीले आफू भावुक र पुकलित भएको बताएकी छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफ्नो लागि चलचित्र भवन कार्यालय, विद्यालय र मन्दिर रहेको उनले उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘मेरो आयस्रोत, मेरो ज्ञान र मैले प्राप्त गर्ने आशिषको मूल थलो धेरै समयदेखि बन्द थियो ।’
‘शुक्रबार पौष १० गतेदेखि चलचित्र भवनहरु खुल्दैछन् । थोरै भावुक छु । थोरै पुकलित छु । जीवनका रंगहरु फर्किने कुरामा विश्वस्त पनि छु । त्यो विशाल पर्दामा आफ्नो नजर केन्द्रित गरेर कुनै पल गलल सयौँ दर्शकहरुसँगै हाँस्न त कहिले दृश्यमा डुबेर स्तब्ध भई सुक्क आँशु झार्न ब्यग्र प्रतिक्षा गर्दैछु । चलचित्र भवनभित्र मात्रै प्राप्त गर्न सकिने ती जादूमयी अनुभवको अवसर एउटा लामो अन्तरालपछि फेरि मिल्दैछ,’ उनले लेखेकी छन् । स्वास्थ्य सुरक्षाका सावधानी अपनाएर फिल्म क्षेत्रलाई पूनर्जीवन दिन उनले आग्रह गरेकी छन् ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  २ : ४१ बजे