११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


राजधानीको चन्द्रागिरिमा दमकल संचालन


११ पुस २०७७, शनिबार  

0
Shares

फाइल तस्विर

११ पुस ०७७, काठमाडौं । चन्द्रागिरि नगरपालिकाले दमकलसञ्चालनमा ल्याएको छ । साथै नगरपालिकाले आफ्नै एम्बुलेन्स समेत सञ्चालन गरेको छ ।
काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले नगरपालिकाभित्र हुने आगलागी नियन्त्रणका लागि दमकल र बिरामी परेका नगरवासीलाई अस्पतालसम्म पु¥याउनका लागि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । नयाँ खरिद गरिएको दमकलको उदटन गरिएको हो ।
नगरपालिकाका प्रमुख घनश्याम गिरीले नेशनल फायरसेफ प्रालिबाट ई टेन्डरमार्फत दमकल खरिद गरिएको जानकारी दिए । “नगरपालिकाभित्र आगलागीजन्य विपत् व्यवस्थापनमा नगरवासीले आफ्नै वारुण यन्त्रको सेवा लिन सकुन् भन्ने ध्येयका साथ दमकल सञ्चालनमा ल्याएका हौँ”, उनले भने ।
दमकलको क्षमता चार हजार ५सय लिटर पानी र ५सय लिटर फोम राख्नमिल्ने रहेको छ । नगरप्रमुख गिरीका अनुसार दमकल खरिदका लागि रु ५२ लाख र एम्बुलेन्स खरिदका लागि रु १२ लाख लागेको हो । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले आम विपत् र स्वास्थलाई ख्याल गर्दै नगरवासीका सेवा र सुविधालाई नागरिकस्तरसम्म पु¥याउन लागिएको बताए । चन्द्रागिरि नगरपालिकाको आफ्नै भवनसमेत निर्माण भइरहेको छ ।

 

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ८ : ५९ बजे