११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


धापाखेलमा भेटियो बन्दुक (ललितपुरका अपराध समाचारहरु)


११ पुस २०७७, शनिबार  

0
Shares


१० पुस ०७७, ललितपुर । ललितपुर नगरपालिका २३ धापाखेलस्थित धापाखेल जङगलबाट थ्रीनटथ्री राईफलको १९ राउण्ड गोली बिहीबार साँझ प्रहरीले बरामद गरेको छ ।
ललितपुर महानगरपालिका २७ सुनाकोठी बस्ने दोलखा नगरपालिका २ घर भएका ५५ बर्षीय गोमन घिमिरेले जङ्गलमा पत्कर सोर्ने क्रममा गोली फेला परेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले सो ठाउँमामा प्लाष्टिकभित्र राखेको अवस्थामा उक्त गोली फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताउको छ ।
ग्वार्को सडकमा २ को मृत्यु
ललितपुरको ग्वार्कोमा ०३–०३–००१ च ०७१३ नम्बरको टाटासुमोको ठक्करबाट २ जना पैदलयात्रीको बिहीबार साँझ मृत्यु भएको छ । मुत्यु हुनेहरुमा ललितपुर हरिसिद्धि बस्ने तनहुँ घर भएकी ३४ वर्षीया सुनिता सोती सापकोटा र सोही ठाउँ बस्ने ४५ वर्षीय कृष्णप्रसाद तिमल्सिना रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको बिएन्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टाटासुमो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लामाटारमा आगलागी
ललितपुर, महालक्ष्मी नगरपालिका(९ लुभु लामाटार सिस्नेरी बस्ने भिमलाल दुवालको टहराको पूजाकोठामा धुप बाली राखेकोमा धुपबाट परालमा आगो सल्किएर बिहीबार राति आगलागी हुँदा टहरा समेत जलेर करिब १ लाख ५५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

 

 

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ९ : ३७ बजे