११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ठिमीको पसलमा चोर पसेपछि लाखौंको चोरी


१२ पुस २०७७, आइतबार  

0
Shares


१२ पुस ०७७, मध्यपुर ठिमी । मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरस्थित ४२ वर्षीय रामकाजी कार्कीको ईजि प्राईभेट ईलोक्ट्रोनिक पसलबाट शुक्रबार राति नगद २ लाख ५० हजार रुपैयाँ र ल्यापटप लगायतका सामानहरू गरी करिब ५ लाख ४९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । साथै सोही घरको दोस्रो तल्लामा रहेको नवश्री मण्डव बचत तथा ऋण सहकारी संस्थाबाट समेत नगद १ लाख ३४ हजार ५ सय ८ रुपैयाँ चोरी भएको छ ।
चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध सहित ७ जना पक्राउ
मकवानपुर मनहरी गाउँपालिका ७ मनहरी बसपार्कबाट ५ केजी अवैध लागूऔषध गाँजा सहित कैलाश गाउँपालिका(८ साङगेटार बस्ने १८ बर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
मकवानपुर, बकैया गाउँपालिका २ धियालबाट रौतहट चन्द्रपुर नगरपालिका ३ गैटार बस्ने २८ वर्षीय पूर्ण बहादुर गोलेलाई करिब ६ केजी अवैध लागूऔषध गाँजा, १ थान खुकुरी र १ थान हँसिया सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
काभ्रेपलाञ्चोक बनेपा नगरपालिका १४ नासिका मन्दिर अगाडिबाट करिब १ केजि अवैध लागूऔषध गाँजा सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रोशी गाउँपालिका ८ बस्ने २२ वर्षीय दिपक तामाङ र सोही गाउँपालिका(९ बस्ने १९ वर्षीय मेगराज तामाङ रहेका छन् । प्रहरी चौकी साँगाबाट खटिएको प्रहरीले उनीहरु सवार बा।३० प ६०४२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
ललितपुर, ६४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कोन्ज्योसोम गाउँपालिका(५ भारदेउ सुइरे बस्ने ६५ वर्षीय इन्द्र बहादुर तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तामाङले ती महिलालाई आफ्नै घरभित्र बसिरहेको अवस्थामा गत मंसिर २४ गते जबरजस्ती करणी गरेको भन्ने खबर पुस १० गते प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बकैयामा बलात्कार गर्ने पक्राउ
मकवानपुर, २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बकैया गाउँपालिका १ धोबिडाँडा बस्ने ६२ वर्षीय आईते सिंह वाईवालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वाईवाले ती महिलालाई पुस ३ गते घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानिय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बल्खुमा दुर्घटना १ को मृत्यु
काठमाडौं काठमाडौं महानगरपालिका १४ बल्खुमा बा।१६ च २९१५ नम्बरको गाडीले शुक्रबार राति ठक्कर दिँदा पैदलयात्री गोरखा लाकलुङ गाउँपालिका ५ घर भई हाल काठमाडौं कीर्तिपुर बस्ने ५४ वर्षीय काले आले मगरको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका मगरको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने गाडी नियन्त्रणमा लिई हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
हेटौडामा दुर्घटना १ को मृत्यु
मकवानपुर पूर्वपश्चिम सडकखण्डस्थित हटौंडा उपमहानगरपालिका १९ दारिमटारमा ना।५ ख ४६०९ नम्बरको बस अनियन्त्रित भई शनिबार दिउँसो सडक छेउमा पल्टिँदा बसका सहचालक लम्जुङ सुन्दरबजार नगरपालिका ८ बस्ने ३३ वर्षीय हरि गौलीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ११ जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक उद्दार तथा अनुसन्धान गरिरहेको छ ।
बल्खुमा १ पुरुष मृत अवस्थामा फेला
काठमाडौं महानगरपालिका १४ बल्खु सुकुम्वासी नयाँबस्ती डेरा गरी बस्ने सल्यान कपुरकोट गाउँपालिका ३ घर भएका ५९ वर्षीय बल बहादुर बिक उनकै कोठामा सुतिरहेको ठाउँमा शुक्रबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
जाजरकोट, नलगाड नगरपालिका १२ तल्लु बगर बस्ने ४७ बर्षीय भिम बहादुर बस्नेत सोही ठाउँस्थित गाईतार्ने भन्ने स्थानको भेरी नदीको किनारमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । पुस ७ गतेदेखि हराएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।

 

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ९ : ४२ बजे