११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


श्रीमती हत्याको अभियोगमा पक्राउ (अपराध समाचारहरु)


१५ पुस २०७७, बुधबार  

0
Shares

१५ पुस ०७७, बारा । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा नुवाकोट ओखरपौवा९१ घर भई बारा निजगढ नगरपालिका९२ बस्ने ५३ वर्षीय जीवन नेपालीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
काभ्रेपलान्चोक बेथानचोक गाउँपालिका९१ हात्तीडुंगास्थित खोलाको छेउमा जीवनकी श्रीमती ४३ वर्षीया सिता नेपालीको शव पुस ९ गते फेला परेको थियो ।
म्हैपीमा चोरी
काठमाडौं महानगरपालिका म्हैपी डेरा गरी बस्ने गोरखा घर भएका ३८ वर्षीय  केदार थापा मगरको कोठाबाट नगद ५० हजार रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करिब २ लाख ३८ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।
यसैगरी काठमाडौं, टोखा नगरपालिका९१० जलबिनायक कोलोनी बस्ने ४२ वर्षीया सुशिला शेरचनको घरबाट करिब १८ तोला सुनको बिभिन्न गहना, १ थान हिराको हार, १ थान हिराको चुरा, १ थान औठी, १ थान लकेट, १ थान टप समेत गरी करिब ३२ लाख रुपैयाँ बराबरको धनमाल सोमबार राति चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
भक्तपुर, मध्यपुर ठिमी नगरपालिका९५ बप्पा मार्गस्थित सडक छेउमा हाल नाम, थर वतन नखुलेका करिब ५२ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
चीन लगेर मानव बेच्ने फरार अभियुक्त पक्राउ 
१४ पुस ०७७, काठमाडौं । ५० वर्षीया महिलालाई चीनमा व्यापार तथा रोजगार गर्ने प्रलोभनमा पारी ललाई फकाई गैरकानूनी रुपमा चीन पुर्याभई मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर पाटन बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका९४ घर भएका ३२ वर्षीय किरण तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
तामाङले २०७६ पुस २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट आफूसँगै चीनको सान्दोङ प्रान्त हेज शहरको ताङ९लो टोल बस्ने ताम्पु थोङ भन्ने चिनियाँ नागरिकको घरमा पुर्यारई बिक्री गरेपश्चाँत ताम्पुले ती महिलालाई शारीरिक र मानसिक यातना दिई बन्धक बनाई राखेको सामाजिक संजान मार्फत जानकारी गराएपश्चाात प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो लगायत विभिन्न निकायको समन्वयमा गत कात्तिक १२ गते नेपाल फर्की पीडितले दिएको जाहेरीको आधारमा उक्त व्यूरोबाट खटिएको प्रहरीले तामाङलाई काठमाडौं महानगरपालिका९३ सानेपाबाट पक्राउ गरेको हो ।
तामाङ उपर काठमाडौं जिल्ला अदालत काठमाडौंबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको   छ ।
वेवारिसे सुन फेला
काठमाडौं महानगरपालिका९१४ कलंकी खडकुले पुल अगाडि सडकमा ना।८ ख ७३३४ नम्बरको बसमा वेवारिसे अवस्थामा रहेको करिब ५० ग्राम सुन जस्तो देखिने पहेंलो धातु सोमबार राति प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कलंकीबाट खटिएको प्रहरीले बस जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सामाजिक संजालको माध्यमबाट अनलाईन ठगी गरेको अभियोगमा पक्राउ
फेसबुकबाट थग्ने पक्राउ
सामाजिक संजाल वाट्सएप र फेसबुकको माध्यमाबाट ठगी गरेको अभियोगमा काठमाडौं कीर्तिपुर बस्ने रुकुम पूर्व भुमे गाउँपालिका९३ मोरवाङ घर भएका २२ वर्षीय सन्तोष श्रेष्ठ र १९ वर्षीया आशा श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले फेसबुक र वाट्सएपमा फेक आइडि मार्फत सम्पर्क गरी नेदरल्याण्डको नागरिक बताई पीडितहरुलाई बिभिन्न बहानामा नेपाल घुम्न आउने,  विवाह गर्ने, बहुमूल्य सामानहरु पठाई दिने भनी प्रलोभनमा पारी दिपक किशोर श्रेष्ठ, सन्तोष श्रेष्ठ समेतको बैंक खातामा र आइमई समेतबाट नगद ४१ लाख ९८ हजार ४ सय ५० रुपैयाँ पठाउन लगाई ठगी गरेको घटनाको अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौं सुन्धाराबाट पक्राउ गरेको हो ।
उनीहरुलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।
बैंकिङ कसूर मुद्दाका फरार व्यक्ति पक्राउ
काठमाडौं, १४ पुस
बैंकिङ कसूर मुद्दाका फरार काठमाडौं महानगरपालिका९९ स्थित जय बाबा गोरख कन्स्ट्रक्सन प्रालिका संचालक नागार्जुन नगरपालिका  ९ घर भएका ५२ वर्षीय श्याम कुमार श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
             श्रेष्ठले नागार्जुन नगरपालिकास्थित सितापाइला सडक खण्डमा कार्य सम्पन्न गरे बापतको रकम दिनु पर्नेमा ग्लोबल आईएमई  बैंक कान्तिपथ  शाखाको १ करोड ३६ लाख १० हजार २ सय ८८ रुपैयाँ बराबरको चेक दिई बैंकिङ कसुर गरी फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं सितापाइलाबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।
ठगी कसुरमा पक्राउ
ठगी सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा चितवन माडी नगरपालिका ९ घर भई काठमाडौं महानगरपालिका घट्टेकुलो बस्ने ४६ वर्षीय नरेन्द्र नाथ पौडेल र क्राउन टेक्सटाईल्स ईण्डष्ट्रिज प्रालि बहुअरी वीरगंजका संचालक पर्सा वीरगंज महानगरपालिका९५ बस्ने ५५ वर्षीय पिताम्बर कुमार मुन्कालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पिताम्बरलाई वीरगंज पर्साबाट तथा नरेन्द्रलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।
नेपाल प्रहरीलाई आवश्यक उलन पाईन्टको कपडा २० हजार मीटर खरिद गर्न आ।व। २०७३र०७४ सालमा बोलपत्र आव्हान गरिएकोमा प्राप्त बोलपत्रमध्ये न्यूनतम मूल्यांकित बोलपत्रदाता क्राउन टेक्सटाईल्स ईण्डष्ट्रिज प्रालि बहुअरी, वीरगंजबाट प्रति मिटरको १ हजार ८२ रुपैयाँका दरले २० हजार मिटरको मूल्य अभिवृद्धि कर बाहेकमा २ करोड १६ लाख ४० हजार रुपैयाँमा खरिद गर्ने निर्णय भई उक्त फर्म र प्रहरी प्रधान कार्यालय प्रबन्ध निर्देशनालय नक्साल काठमाडौंबीच भएको सम्झौता बमोजिम आपूर्ति भएको सामानको गुणस्तर परीक्षण गर्ने क्रममा प्रहरी प्रधान कार्यालय प्रबन्ध निर्देशनालयबाट सम्बन्धित आपूर्तिकर्ता फर्म क्राउन टेक्सटाईल्स ईण्डष्ट्रिज प्रालिका प्रतिनिधि नरेन्द्रलाई रोहवरमा राखी नमूना निकाली परीक्षण गर्न २०७७ साउन ३० गते एसजिएस चेन्नाई ईन्डिया पठाएपछि साउन ३२ गते नरेन्द्रले पुनस् नेपाल प्रहरी संगठनको नाम, जिम्मेवार अधिकृतको नाम, मोबाईल नम्बर तथा ईमेल ठेगाना समेत उल्लेख गरी डिएचएल मार्फत सोही ल्यावमा आफूखुसी दोश्रो नमूना पठाई प्रहरी संगठनलाई नै जालसाजी गरी आफूलाई फाईदा पुर्यााउने कार्य गरेको खुल्न आएको छ ।
पक्राउ दुवै जना उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जले जनाएको छ ।
अनुसन्धानको क्रममा जीवन र सीता पनौती बेथानचोक एरियामा घर बनाउने मिस्त्रीको काम गर्ने गरेको, उनीहरुबीच आर्थिक कारोबार सम्बन्धमा बादबिवाद हुने गरेको र गत मंसिर २३ गते काभ्रेपलाञ्चोक पनौतीबाट बेथानचोक खानीखोला हुँदै निजगढ बारा जाने भनि श्रीमतीसँगै हिँडेपछि बेथानचोक गाउँपालिका९१ हात्तीडुंगास्थित खोलाको छेउमा रातको समयमा पुगी सितालाई जिवनले हात तथा लात्तीले प्रहार गरी हत्या गरेर फरार रहेको खुल्न आएको छ ।
घटना पश्चात सम्पर्कमा नरही फरार रहेका उनलाई मकवानपुर हेटौंडा उपमहानगरपालिका९१० बसपार्कबाट स्थानीय प्रहरीको सहयोगमा पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ६ : ४८ बजे