१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रचण्ड–माधव पक्षद्वारा बागमती संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन


१५ पुस २०७७, बुधबार  

0
Shares


१५ पुस ०७७, काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षले बागमती प्रदेशसभा संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । पेरिसडाँडामा बुधबार बसेको प्रदेश सांसदको बैठकले मुख्यमन्त्री डोरमणि पौडेललाई हटाउँदै शाक्यलाई दलको नेता चयन गरेको हो ।

यसअघि, प्रचण्ड–माधव समुहले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो । बागमती प्रदेशमा १ सय १० जना सांसद छन् । नेकपाबाट ८१ सांसद मध्ये ४५ जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ३ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।