५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


ललितपुर उद्योग वाणिज्य संघमा न्याछ्योको उम्मेदवारी घोषणासँगै परिचयात्मक कार्यक्रम


१६ पुस २०७७, बिहिबार  

0
Shares

संघको उम्मेदवार न्याछ्योको प्यानल परिचयात्मक कार्यक्रममा । तस्विर ः ललितपुर खबर

१६ पुस ०७७, पुल्चोक । ललितपुर उद्योग वाणिज्य संघमा मनोज बहादुर न्याछ्योको अध्यक्ष पदमा उम्मेदवारी दिएसँगै परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
ललितपुर पुल्चोकमा आयोजित कार्यक्रममा न्याछ्योले वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्य,उपाधाक्ष (उद्योग)सुसन महर्जन,उपाध्यक्ष(वाणज्य) नारायणगोपाल श्रेष्ठ,उपाध्यक्ष(संस्थागत)विरेन्द्रलाल श्रेष्ठ,महासचिव रुपकमान महर्जन,कोषध्यक्ष सविनलाल प्रधान, उद्योग कार्यसमिती सदस्यहरुजिलन शाक्य,रमेश सिंह महर्जन,राकेशभक्त मुल्मी,रोसनलाल श्रेष्ठ,श्रीजेशलाल शिल्पकार,सुरेन्द्र अवाले र वाणिज्य समूहतर्फ कृष्णप्रसाद सापकोटा, महेश श्रेष्ठ, मुकुन्द महर्जन,राजेशराज बज्राचार्य शर्मिला श्रेष्ठ जोशी, सुजन बज्राचार्य,सुरज महर्जनको उमेद्यवारी परिचय गराएका थिए । कार्यक्रममा बोल्दै न्याछ्योले संस्थागत कार्यसमिती सदस्यहरुमा निर्विरोध निर्वाचितहरु पूर्णबहादुर शाक्य र एशोसियटतर्फका निर्विारोध विजेता नवीनमान श्रेष्को समेत परिचय गराएका थिए ।
संघको साधारण सभा शुक्रबार ललितपुरमा सुरु हुँदेछ । विहान हुने उद्घाटनपछि आयोजित बन्दसत्रपछि निर्वाचन प्रकृया सुरु हुने सदस्यमा उम्मेवार मिलन शाक्यल बताए ।
संघमा भरतलाल जोशी छुट्टै प्यानल बनाएर निर्वाचनमा होमिने तयारीमा छन् । संघको निर्वाचन शनिबार ललितपुरमै हुदैछ । कोरोना माहामारीका कारण संघका कार्यक्रम भर्चुअल माध्यमबाट आयोजना गर्ने तयारी रहेको संघका सदस्य शाक्यले बताए ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  १० : ४७ बजे