२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अन्तर्वार्ता


‘ललितपुरमा व्यावसायिक उद्यमीको नेतृत्व जरुरी’


१७ पुस २०७७, शुक्रबार  

0
Shares

मनोजबहादुर न्याछ्यो ललितपुर उद्योग बाणिज्य संघको ४१ औं साधारण सभाले चुन्ने नयाँ नेतृत्वको प्रत्यासी हुन् । २० वर्षअघि ललितपुर उद्योग वाणिज्य संघमा प्रवेश गरेका न्याछ्यो आफूलाई इमानदार र कर्तव्यनिष्ठ व्यावसायीको रुपमा आफ्नो परिचय दिन रुचाउछन् । अहिले संघमा महासचिवको नेतृत्व गरिरहेका न्याछ्यो असअघि कोषाध्यक्षको भूमिकामा रहेका उनी वाणिज्य तथा आर्पूत्ति समितीको संयोजक पनि थिए । न्याछ्यो खाद्य व्यापार संघमा महासचिव र सन भ्यू वचत तथा ऋण सहकारीमा उपाध्यक्ष, नेपाल सितेरियो कराते संघमा प्रयागपोखरी डोजोको उपाध्यक्ष र लाइन्स क्लवमा चार्टड प्रेसिडेन्ट समेत छन् ।
ललितपुर उद्योग वाणिज्य संघमा तपाईको यो उम्मेदवारी केकाा लागि ?
इमानदारिता, परदर्दिता, दुरदर्रिता एबं व्यावसायिक हक हितका लागि मेरो उम्मेदवारी हो । ललितपुरमा व्यावसायिक वातावरण राम्रो बनाउन मेरो भूमिका हुनेछ । संघ सरकार र व्यावसायीहरुबीच पुलको काम गर्नेछु ।
नेतृत्व पाउनु भए के कस्ता योजना अघि सार्नुहुन्छ ?
उपभोक्त संरक्षण ऐन परिमार्जन गर्नु जरुरी देखेको छु । व्यावसायीहरुको लागि हेल्प डेक्स राख्ने योजना कार्यान्वयन गर्नेछु । ललितपुरका उत्पादनलाई विश्व बजारमा गुणस्तरिय बस्तुको रुपमा परिचय गराउन मेड इन ललितपुर ब्राण्ड बनाउन मेरो भूमिका हुनेछ । यस्ता थुप्रै योजना छन् ।


ललितपुर उद्योग बाणिज्य संघको दायरा फराकिलो बनाउन के गर्दै हुनुहुन्छ ?
दक्षिण ललितपुरको उर्भर जमिनमा आधुनिक व्यावसायिक खेतीमा संघले प्रत्साहन गर्दै नयाँ व्यावसायीहरु उत्पादन गर्न भूमिका खेल्नेछ । हामी व्यावसायीहरुको आवद्धता बढाउन र संघको भूमिकाको बारेमा व्याावसायीहरुलाई बुझाउन सहयोगी भूमिका खेल्नेछौं ।
व्यावसायीहरुका लागि ललितपुरका व्यावसायउ गर्न कस्ता समस्या छन् ?
हामीलाई व्यावसाय गर्न उपभोक्ता संरक्षण ऐन सहयोगी छैन । धेरै व्यावसायीहरु यो ऐनका कतिपय प्रावधानका कारण हैरान छन् । व्यावसायमैत्री वातावरणका लागि यो ऐन परिमार्जन हुनु जरुरी छ । विल विजकहरुको विषयमा पनि समस्या छ । करसम्बन्धि अज्ञानताका कारण धेरै व्यावसायीहरु दण्डित हुनुपर्ने अवस्था छ ।
स्थानीय सरकार आएपछि काम गर्न व्यावसायीहरुलाई सजिलो अप्ठ्यारो के छ ?
स्थानीय सरकार आएपछि हामीलाई करको बोझ थपिएको छ । तीनै तहमा करको भार हामीले नै बोक्नु पर्ने अवस्था छ । करको मारले हामी अपठ्यारोमा छौं । यसअघि ललितपुरको व्यावसायीहरुको नेतृत्व संघले गरेजस्तो लाग्थ्यो । अहिले स्थानीय सरकारले हामीमाथि शासन गरेको महसुस हुन्छ ।
सरकारले के गरिदिए यहाँको व्यावसायिक वातावरण बन्न सहयोग पुग्छ ?
केन्द्र सरकारले व्यावसायीहरुको समस्या सुनुवाई गर्न जरुरी छ । कोरोना माहामारीका कारण व्यावसायीहरु मारमा छन् । सरकारले आर्थिक राहतको प्याकेज ल्याउन जरुरी देख्छु । ऋणमा सहुलियत दिनु जरुरी छ । सरकारले व्यावसायीहरुको प्रर्बद्धन गर्ने हो भने हामी सहकार्य गर्न तयार छौं ।


समस्या समाधान गर्न तपाईको कस्तो भूमिका हुनेछ ?
ठूला कपोरेट हाउस र सरकारसँग सहकार्य गरेर व्यावसाय विस्तार गर्न मैले भूमिका खेल्नेछु ।
अहिले यहाँको व्यावसायिक वातावरण कस्तो अवस्थामा छ ?
ललितपुरमा व्यावसायिक अज्ञानताका कारण धेरै समस्या भोग्ने अवस्था छ । यहाँ व्यावसाय त सुचारु छ तर फस्टाउन सकेको छैन । व्यावसायीहरुले अनेकौं समस्याको सामाना गरिरहेका छन् ।
ललितपुरमा अन्य व्यावसायिक प्रर्बद्धनक लागि संघ संस्थाहरु पनि क्रियाशिल छन् उनीहरुसँग यस संस्थाको आगामी दिनमा कस्तो सहकार्य हुन्छ ?
हामी ५४ बर्षदेखि क्रियाशिल छौं । अन्य संघहरुसँग प्रतिश्पर्धा गर्ने होइन कि सहकार्य गर्नेछौं । हामीले गर्ने भनेकै व्यावसायीहरुको उत्थान हो । समन्वय गरेर हामी काम गर्नेछौं ।
ललितपुरको व्यावसायहरु प्रवद्र्धन गर्न सरकारको भूमिका कस्तो हुनु आवश्यक छ ?
सरकारसले व्यावसायीहरुलाई झमेला दिनु हुदैन । एकद्वार प्रणलीबाट कर तिर्ने व्यवस्था गर्नुपर्छ । अनुगमनमा विज्ञहरु समावेश गरेर मात्रै अनुगमन गर्नु जरुरी देख्छु । नबुझेको व्यक्ति अनुगमनमा आउँदा समस्या भोग्नु परिरहेको छ । व्यावसायीहरुको कुरा सुन्ने अवस्था श्रृजना गर्नु आवश्यक छ ।
नयाँ व्यवसायीहरुलाई कस्तो सुझाव दिनुहुन्छ ?
उद्यम गर्न चाहने युवाहरुलाई हामी हेल्प डेक्स राख्न चाहन्छौं । उद्योग व्यावसाय गर्न चाहनृहरुले के कस्तो समस्या भोग्नु पर्छ भन्नेबारे जानकारी भए मात्र पनि धेरै समस्या सुल्झाउन सकिन्छ । मेरो नेतृत्वले नयाँ व्यावसायीहरुलाई सहयोग गर्नृे योजना बनाउनेछु ।
नेतृत्वमा आउनुअघि व्यावसायीहरुलाई केही सन्देश छ कि ?
सबै व्यावसायीहरुले निधक्कसँग काम गर्ने वातावरण बनाउन मैले काम गर्नेछु । सचेतना कार्यक्रम, करसम्बिन्धि ज्ञान दिने र व्यावसाय प्रवद्र्धनजस्ता क्षेत्रमा हाम्रो संघले काम गर्नेछ । संघमा व्यावसायिक व्यक्तिहरुले नेतृत्व जरुरी देखेको छु । त्यसतर्फ हामी अग्रसर हुन सके मात्र हामी व्यासायीहरुको हितमा काम गर्न सक्छौं ।

 

 

 

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ७ : १३ बजे