३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव


१७ पुस २०७७, शुक्रबार  

0
Shares

धनुषा, १७ पुस ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएसँगै प्रचण्ड–नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी थालेको छ । शुक्रबार जनकपुरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकारसम्मेलनमा संसदीय दलका नेता मण्डललाई दलको नेताबाट हटाउने तयारी गरिएको प्रचण्ड–नेपाल समूहका सांसद शत्रुघन महतोले जानकारी दिए ।
प्रदेश २ मा नेकपाको ३२ जना सांसदमध्ये १७ जना सांसदले हस्ताक्षर गरी दलका उपनेता रामकुमार यादवसमक्ष मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइसकिएको सांसद महतोले जानकारी दिए ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  २ : १० बजे