११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर वाणिज्य संघको नयाँ नेतृत्वको निर्वाचन आज


१८ पुस २०७७, शनिबार  

0
Shares


१८ पुस ०७७, पाटन । आज ललितपुर उद्योग बाणिज्य संघको ४१आंै साधारण सभाले नयाँ नेतृत्व चुन्नका लागि निर्वाचन आज हुने भएको छ । विहान १० बजे ललितपुरको शंखमुलमा नयाँ नेतृत्वको चयनका लागि मतदान हुने संघका महासचिव तथा अध्यक्षका प्रत्यासी मनोजबहादुर न्याछ्योले जानकारी दिए ।
नयाँ नेतृत्वका लागि मनोजबहादुर न्याछ्यो र भरतलाल जोशी आमुन्ने सामुन्ने हुदैछन् । महत्वपूर्ण ५ कार्यसमितीसँगै २२ वटा पदहरु मध्ये २० वटामा निर्वाचन हुने कार्यक्रम छ ।
बन्दसत्र शुक्रबार शुरु हुने भए तापनि निर्वाचनको कार्यितालिका भने शनिबार राखिएको छ ।
संस्थागत कार्यसमिती सदस्यपूर्णबहादुर शाक्य र एशोसियटतर्फका नवीनमान श्रेष्ठल भने निविरोध विजय प्राप्त गरिसकेका छन् ।
निर्वाचन लगत्तै मतगणना सुरु हुनुका साथै सम्भवतः आजैमत परिणाम सार्वजनिक हुने कार्यसमितीका प्रत्यासी मिलन शाक्यले बताए
न्याछ्यों पाटन खाद्य भण्डारका सञ्चालक तथा व्यवसायी हुन् भने जोशी जोशी टे«ड सेन्टर खुमलटारका सञ्चालक एवं वर्णवास म्यूजियम होटलका पर्यटन व्यवसायी समेत हुन् ।
यस अघि सङ्घमा अध्यक्षको कार्यकाल दुई वर्षको थियो भने अबबाट तीनवर्षको अध्यक्ष कार्यकाल हुनेछ ।

 

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ८ : ५१ बजे