११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


लेलेका विद्यार्थीलाई न्यानो कपडा


१८ पुस २०७७, शनिबार  

0
Shares


१८ पुस ०७७, लेले ललितपुर । ललितपुरको लेलेका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।लेले लप्सेको देउराली आधारभूत विद्यालयका ३५ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । लप्से क्षेत्रका आर्थिकरुपमा कमजोर र तामाङ समुदायको बस्ती रहेको छ ।
योङ पिकासो र ‘सहयात्रा’ संस्थाको सहकार्यमा त्यहाँका कक्षा १ देखि ५ का विद्यार्थीलाई शुक्रबार कपडा वितरण गरिएको हो । कार्यक्रमका लागि विएफविएस गोर्खा रेडियो, भाटभटेनी सुपर स्टोर तथा लाइन्स क्लव अफ क्रिएटिभ वुमनले सहयाग गरेको योङ पिकासोका निर्देशक अजय देशारले जानकारी दिनुभयो । विद्यालयका प्रधानाध्यापक मैया थपलियाले चिसो समयमा आफ्ना विद्यार्थीलाई राहत मिलेको बताउनुभयो । ‘सहयात्रा’का निवर्तमान अध्यक्ष बालमुकुन्द आचार्यले विद्यार्थीका लागि सिकाइ महत्वपूर्ण रहेकाले न्यानो कपडाले सिकाइ सहज बनाउने अपेक्षा व्यक्त गरिन् ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ९ : ५० बजे