११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नवजात शिशुको मृत्युपछि कीर्तिपुर अस्पतालमा तोडफोड


१८ पुस २०७७, शनिबार  

0
Shares

 १८ पुस ०७७, काठमाडौं । नवजात शिशुको मृत्युपछि कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा आफन्तले तोडफोड गरेका छन् ।  चन्द्रागिरी घर भएकी गर्भवतीले शिशुलाई जन्म दिएकी थिइन्। नवजात शिशु जन्मने बेलामा नै मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार बच्चा जन्मिने बेलामा नै एक्कासी धड्कन रोकिएको थियो। अस्पतालले भिडयो एक्सरे गरेर हेर्दा पनि धड्कन चलेको नपाएपछि आफन्तलाई जानकारी गराएको थियो। तर आफन्तले सुत्केरीको उपचारका क्रममा त्रुटि भएको हुनसक्ने भन्दै अस्पतालमा तोडफोड गरेका छन्।

अस्पतालमा तोडफोड भएपछि अस्पताल प्रशासनले प्रहरी बोलाएको थियो। शनिबार दिउँसो मृतक पक्षले अस्पतालमा तोडफोड गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताए। उनका अनुसार तोडफोड गरेपछि १७ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ गरिएकालाई कालिमाटी वृत्तमा राखिएको छ । अस्पताल प्रशासनले भने उपचारका क्रममा कुनै त्रुटि नभएको बताएको छ।

तस्बिर : वीरेन्द्र शाक्य

 

 

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ८ : २५ बजे