११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर ठेचोका युवाले गरे श्रीमतीको हत्या


२० पुस २०७७, सोमबार  

0
Shares

१९ पुस, ०७७ ललितपुर । ललितपुर गोदावरी नगरपालिका–१२, ठेचो घर भई हाल कालिमाटी बस्दै आएका एक युवकले श्रीमतीको हत्या गरेका छन् । काठमाडौं कालिमाटीस्थित क्लब मार्गमा बस्दै आएका २३ वर्षीय सुरज परियारले आफ्नै २२ वर्षीया श्रीमती मीरा सुन्दास परियारकाे हत्या गरेका हुन् । मासु नपकाएको निहुँमा हत्या गरेको उनले प्रहरी समक्ष स्वीकार गरिसकेका छन् ।

सुरजसँग दिनहुँजसो झगडा परिरहन्थ्यो । महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी अपिलराज बोहोराका अनुसार घाँटी थिचेर हत्या गरेको पाइएपछि उनलाई पक्राउ गरिएको हो ।

यसरी भएको थियो हत्या
मीराको श्रीमान सुरजसँग दिनहुँजसो झगडा भइरहन्थ्यो । दैनिक मादक पदार्थ सेवन गरेर आउने श्रीमानले दुःख दिएको उनले आफन्तहरुलाई जानकारी गराएकी थिइन् । शुक्रबार राति सुरज करिब साढे ११ बजेतिर डेरामा आएका थिए । आउनेवित्तिकै मासु नपकाएको भन्दै कराउन थाले । फलफूल पसलमा काम गरेर फर्किएर खाना पकाएकी मिरा श्रीमानको गाली सुनेपछि रिसाइन् ।

रिसकै झोँकमा मर्छु भनेर श्रीमानलाई दङ्ग्याइन् ।  सुरजले ल मर भन्दै घाँटीमा सल बाँधिदिन थालेपछि उनी बोल्नै सकिनन् । उनको त्यहि प्राण गएको थियो ।
श्रीमतीले सास फेर्न छाडेपछि सुरज आत्तिए । बाहिर निस्किएका उनले चाबी लगाए । प्रहरीका अनुसार ढोकामा बाहिर र भित्र दुवैतिरबाट चाबी लगाइएको थियो । सुजरले भेन्टिलेसनबाट चाबी कोठामै फ्याँकिदिएका थिए । श्रीमतीले फोन नउठाएको र लडिरहेको देखिएको भन्दै दिदी रुपा सुन्दासलाई  उनले फोन गरेका थिए ।
अनुसन्धानका क्रममा सुरुमा उनले श्रीमतीले आत्महत्या गरेको देखाउन खोजेको पाइएको महानगरीय प्रहरी वृत्त, कालिमाटीले जनाएको छ ।
तत्कालै सुरजलाई पक्राउ गरेको थियो । सोधपुछका क्रममा उनले हत्या गरेको स्वीकार गरिसकेका छन् । परियार यसअघि पनि ज्यान सम्बन्धी मुद्दामा पक्राउ परेर छुटेका व्यक्ति हुन् । उनीविरुद्ध ज्यानसम्बन्धी कसुरमा ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  १२ : ३८ बजे