११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर लामाटारका स्थानीय टोल सुधारमा जुट्दै


२१ पुस २०७७, मंगलबार  

0
Shares


२१ पुस, ०७७ ललितपुर । ललितपुर लामाटार क्षेत्रका स्थानीयबासीहरुले टोल सुधारमा लागि परेका छन् । स्थानीयले टोल सुधार समिति गठन गरेर टोल सुधारमा सक्रिय भएका हुन् । उनीहरुले विकास निर्माण र जनचेतनामुलक कार्यक्रममा जुट्ने प्रतिवद्धता जनाएका छन् भने बिभिन्न सरसफाईका गतिविधी गरेका छन् । महालक्ष्मी नगरपालिकाको ९ नम्वर वडाको धोक्रे, भुजुंगे ठूलाघर टोलसुधार समितिले गरेको प्रारम्भिक साधारणसभामा वक्ताहरुले व्यवस्थित शहर र टोल बनाउनको लागि प्रदुषण फैलाउने र वातावरणमा हानि गर्ने उद्योग, कल कारखानालाई बस्ति नजिक राख्न नदिने प्रतिवद्धता जनाएका छन् ।
सामुदायिक रेडियोहरुको नेटवर्क सीआईएनका प्रमुख दीपक आचार्यले लामाटार क्षेत्रको वातावरण संरक्षण र सरसफाईको लागि टोल सुधार समितिको क्रियाशिलता आवस्यक रहेको बताए । उनले स्थानीय धार्मिक तथा संस्कृतिक महत्व बोकेका स्थलहरुको संरक्षण र प्रचारप्रसारमा जुट्ने प्रतिबद्धता जनाए । वडा कार्यालयले आफ्नो टोलको विकासमा ध्यान पुराउन नसकेकोले आफुहरु जागरुक भएको समितिका अध्यक्ष निरञ्जन पौडेलले बताए ।
स्थानीय समाजसेवी देवेन्द्र पौडेलले समितिको भवन निर्माण गर्नको लागि स्थानीय सुभद्रा पौडेलले जग्गा दिनु भएकाले तत्काल भवन निर्माणमा जुट्ने बताए । नेकपाका नेता मोहन तन्डुकारले वडामा भएका सबै टोल सुधार समितिहरुबीच सहकार्यको आवस्यकता रहेको बताए । बिद्यापुञ्ज स्कुलका संस्थापक अध्यक्ष शिब न्यौपानेले कोभिड १९ को बिरुद्ध जनचेतना जगाउने काम गरेको बताए । आगामि दिनमा आउनसक्ने बिपतहरुका बिरुद्ध तयारी अवस्थामा बस्ने पनि समितिले कार्ययोजना बनाएको छ ।

 

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  १ : २२ बजे