ललितपुर खबर
२२ पुस ०७७, धम्पी ललितपुर । बसन्त यामको पुर्वसन्धामा ललितपुरको छम्पी हराभरा छ । कही तोरी फुलको छ । कतै हरियाली गहुँ । उत्तरतिरको हिमाल मुसुक्कै हासेको छ । धुम्म वादल लागेपछि खुलेको मौसममा काँठ क्षेत्र घुम्नुको मज्जा नै बेग्लै छ ।
राजधानीको दक्षिणी कुनामा रहेको छम्पी गाँउ शहरी करणको हावाले त्यस्तो छोएको पाइदैन । पहाडकोे चुचुरोमा झुरुप्प बसेको बस्तीबाट खुला आकाश देखिन्छ । अनि खुला धर्ति ।
कतै तरेली परेका फाँट छन् । परम्परागत इटा र टायलले बनेका घर । कतै चिल्ला सडक त कतै धुलाम्मे बाटो । हेरौं सुन्दर छम्पीका केही दृश्यहरु ः
प्रतिक्रिया