११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बालाजुमा कैंची प्रहार गरि युवकको हत्या


२२ पुस २०७७, बुधबार  

0
Shares

२२ पुस ०७७, काठमाडौं । आफ्नै साथीको हत्याको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले हत्याको अभियोगमा भारत मोतिहारी घर भएका २५ वर्षीय कलाम मियाँलाई पक्राउ गरेको हो। मियाँले मंगलवार राति काठमाडौं महानगरपालिका वडा नम्बर १६ बाइपासमा २५ वर्षीय सुवोध शर्माको हत्या गरेको आरोप लागेको छ ।
कैंची प्रहार भएर घाइते भएका शर्मालाई आफन्तले त्रिवि शिक्षण अस्पताल महाजगञ्ज पुर्‍याएका थिए। उनको उपचारको क्रममा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मृत्यु भएको खबर पाएपछि मियाँ काठमाडौंबाट टाटा सुमो रिजर्भ गरेर वीरगंज हुँदै भारत जाँदै थिए। त्यही क्रममा काठमाडौंको फर्पिङमा आज बिहान प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

उनीहरु दुवै जना सिलाई बुनाईको काम गर्दै आएका थिए।

 

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  २ : ५८ बजे