३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


‘इन्टरपोलको प्रहरी हुँ’ भन्दै लुटपाटको आरोपमा इमाडोलका युवक पक्राउ


२३ पुस २०७७, बिहिबार  

0
Shares


२३ पुस, ०७७ ललितपुर । ‘इन्टरपोलको प्रहरी हुँ’ भन्दै लुटपाटको आरोपमा प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलका एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने २५ वर्षीय कविर केसीलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर, ललितपुरका अनुसार उनलाई प्रहरीले ललितपुर बालकुमारी क्षेत्रबाट पक्राउ गरेको हो।
गत आइतबार बालकुमारीस्थित जिएस क्याफेमा कविर केसीसहित दुई जनाले इन्टरपोलका सादा पोशाकका प्रहरी हौं भन्दै एक जनालाई एकान्त ठाउँमा लगेर नगद र जिन्सी समान लुटपाट गरेको भन्ने सूचना परेको थियो।

सोही सूचनाको आधारमा खटिएको टोलीले कविरलाई पक्राउ गरेको हो।

पक्राउ परेका उनलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  १ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।