११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा २८ सहित उपत्यकामा थप ४१२ जनामा कोरोना संक्रमण(हेर्नुहोस् कहाँ, कति संक्रमित ?)


२३ पुस २०७७, बिहिबार  

0
Shares

२३ पुस ०७७, ललितपुर । ललितपुरमा २८ सहित काठमाडौं उपत्यकामा १११ महिला र १४० पुरुष गरी २५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९८, ललितपुरमा २८ र भक्तपुरमा २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै काठमाडौँमा उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या १ लाख २२ हजार ७५७ पुगेको छ ।
नेपालमा थप ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको छ। यस्तै नेपालमा हाल ५ हजार ५८ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ५ हजार १ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा ४ सय १२ जनामा कोरोना पुष्टि भएको हो। यो सँगै नेपालमा पीसीआर परीक्षण हुनेको संख्या १९ लाख ६९ हजार २ सय ९२ पुगेको छ।

गत २४ घण्टामा ४ सय ८३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५६ हजार ६ सय ४४ पुगेको मन्त्रालयले जनाएको छ। बिहीबार थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ३ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ४२ जना क्वारेन्टाइनमा छन्।

 

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ५ : ०४ बजे