११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा मृगौला विरामीसँग सुन र नगद ठगेर भागेपछि


२३ पुस २०७७, बिहिबार  

0
Shares

२३ पुस ०७७, भक्तपुर । भक्तपुर नगरपालिका मा एक मृगौला विरामीलाई सुन र नगद ठगेर २ जना फरार भर्एका छन् ।  औद्यौगिक क्षेत्रबाट सिन्धुपाल्चोक लिशंखु गाउँपालिका १ घर भई मानव अंग प्रत्यारोपण केन्द्र दुधपाटीमा मृगौलाको उपचार गराईरहेकी ४५ वर्षीया महिलाको २ तोलाको सुनको १ जोर रिङ र नगद ३ हजार रुपैयाँ बुधबार दिउँसो ठगी भएको छ ।

२ जना अज्ञात व्यक्तिहरुले सुन जस्तो देखिने पहेँलो धातु देखाई फकाई ती महिलाले लगाएको सुन र नगद ठगी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर समेतबाट खटिएको प्रहरीले ठगी गर्ने व्यक्तिहरुको खोजी तथा यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ८ : ४८ बजे