१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर गोदावारीका राज सापकोटा नक्कली सुन बेचेको आरोपमा पक्राउ


२४ पुस २०७७, शुक्रबार  

0
Shares


२४ पुस ०७७, ललितपुर । नक्कली सुनलाई सक्कली हो भन्दै बेच्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त थानकोटले यसरी ठगी गर्न खोज्नेलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धादिङ थाक्रे गाँउपालिका–११ घर भएका ललितपुर गोदावारी बस्ने ३४ वर्षीय रवि क्षेत्री भन्ने राज सापकोटा (सुनार) रहेका छन् ।
उनको साथबाट नक्कली सुनको ब्रास्लेट, सिक्री र उक्त गहनाको बिलहरू समेत बरामद भएको छ।
सापकोटाले असोज ६ गते काठमाडौं चन्द्रागिरी नगरपालिका– ७ थानकोट चेकपोष्टस्थित एक सुन चाँदी गहना पसलमा बिलसहित सुनजस्तो देखिने ब्रास्लेट लिई सुन हो भनी बन्दकी राखी नगद एक लाख ८० हजार ठगी गरी फरार भएका थिए।

त्यसैगरी सापकोटाले पुस १७ गते चन्द्रागिरी नगरपालिका– १२ गुर्जुधारास्थित एक सुन चाँदी गहना पसलमा बिलसहित सुनजस्तो देखिने बाला लिई सुन हो भनी बन्दकी राखी नगद २ लाख ८० हजार लिई ठगी गरी फरार भएका थिए।
उनले अरू व्यक्तिहरूलाई पनि ठगी गरेको हुन सक्ने भन्दै प्रहरीले ठगिएको भए कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ५ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।