११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मंगलबजारमा एक मानिस मृत फेला


२४ पुस २०७७, शुक्रबार  

0
Shares


२४ पुस ०७७,मंगलबजार ललितपुर । ललितपुर महानगरपालिका १२ मंगलबजारको डेरामा एक मानिस मृत फेला परेका छन् । यस ठाँउमा डेरा गरी बस्ने ४५ वर्षीय उत्सव रावलको कोठामा उनी बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
काठमाडौं पेप्सीकोलामा चोरी
काठमाडौं महानगरपालिका ३२ पेप्सिकोलामा डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएकी बिन्दुमाया तामाङको कोठामा चोरी भएको छ । उनको कोठामा कोही नभएको अवस्थामा ढोका फुटाएर सुनका बिभिन्न गहना चोरी भएको हो । उनको कोठाबाट करिब २ लाख १४ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएका प्रहरीले जानकारी दिएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
भक्तपुरको गुण्डुमा आगलागी
सूर्यबिनायक नगरपलिका ७ गुण्डु बस्ने ५० वर्षीय किसन भक्त खत्रीको कच्ची घरमा बिहीबार राति आगलागी भएको छ । आगलागीबाट करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ६ : १४ बजे