११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पुसको ठण्डीमा सुनाकोठी सडक कालोपत्र


२५ पुस २०७७, शनिबार  

0
Shares

 

ललितपुर खबर
२५ पुस ०७७, सुनाकोठी । जिल्ला सदरमुकामबाट दक्षिण ललितपुर जाने नाका सुनाकोठी सडक कालोपत्र सुरु गरिएको छ । लामो समय अलपत्र यो सडक मन्त्रीस्तरिय निर्णयपछि यथास्थितीमा कालोपत्र गर्ने सहमती भएको थियो ।
शुक्रबार दिउँसोबाट सुरु भएको कालोपत्र सिमाकोसम्म गरिएको छ । ठेकेदार कम्पनी सैलुङ्ग कन्ट्रक्सनका साइट इन्चार्ज रक्ष महर्जनका अनुसार सुनाकोठीदेखि ठेचोसम्मै केही दिनमा कालोपत्र हुनेछ ।


यद्यपी पुसको जाडोमा कालोपत्र गरिएको भन्दै स्थानीयबासी असन्तुष्ट छन् । नाम नबताउने शर्तमा एक स्थानीयबासीले भने,‘एक बर्षसम्म अपपत्र राखेर मध्यजाडोमा कालेपत्र गरियो । यो सडक लामो समय टिक्दैन ।’
स्थानीयबासीहरु ठेकेदार कम्पनीले अरु बेला काम नगरि जाडो समयमा धुलो उडाउन आएको भन्दै आक्रोसित थिए । एक स्थानीयले भने, ‘सडकको धुलो देखाएर ठेकेदारले आफ्नो अनुकुल समयमा कालोपत्र ग¥यो ।’
उनका अनुसार दिउँसो कालोपत्र गरिएको भए तापक्रम पुग्थ्यो । रातको समयमा झन् चिसो हुने भएकाले कालोपत्र सेट हुँदैन ।

बुधबार राती कालोपत्र गरिदै । तस्विरहरु ः ललितपुर खबर

साइट इन्चार्ज महर्जनले आफू स्थानीयबासी भएकोले पनि नराम्रो हुने गरी कालोपत्र नगर्न नदिने दावी गरे । उनले भने, ‘अक्सपान प्रविधिबाट कालेपत्र गरिएकाले चिसोमा पनि राम्रो हुन्छ । २ सय डिग्री तापक्रममा कालेपत्र गरिने हुँदा केही हुँदैन ।’
सामान्यतयाः कार्तिकदेखि फागुनसम्म तापक्रम नपुग्ने भन्दै कतैपनि कालोपत्र गरिएको पाइदैन । एक स्थानीयले दावी गरे,‘ठेकेदार कम्पनीले धेरै ठाँउमा ठेक्का लिएको छ । त्यसैले पहुचको भरकमा जाडोमै चिसो समयमै कालोपत्र गरिदियो ।’
ललितपुर २६ का वडाध्यक्ष वावुराजा महर्जनले कालोपत्र गर्ने विषय प्राविधिक कुरा भएकोले यस विषयमा आफू जानकार नभएको बताए । उनले भने, ‘दुई जना इन्जिनियर यहाँ विहानदेखि रातीसम्मै बसेर काम गरिरहनु भएको छ । उहाँहरुले हुन्छ भनेपछि हामीले बोल्ने कुरा भएन ।’
अर्का स्थानीयले ढल नराखि कालोपत्र गरिएकाले फेरि भत्काउनु पर्ने अवस्था आउने बताए । उनका अनुसार केही ठाँउमा ढल राखिएको भए पनि विवादका कारण सबै ठाँउमा ढल राखिएको छैन ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाकी इन्जिनियर सुनिता दाहालले अक्सपान प्रविधिबाट गरिएको कालोपत्र टिक्ने दावी गरिन् । ‘६ डिग्रीभन्दा कम तापक्रम हुँदा कालोपत्र नजोडिने हुनसक्थ्यो । अहिले ८ डिग्री छ ।’ मोवाइलबाट .तापक्रम देखाउदै उनले भनिन् ।
२०७२ मा सातदोवाटो लेले सडक विस्तारपछि कालोपत्र गर्ने निर्णयसँगै विभिन्न ठेकेदारले ३ खण्ड सडक विस्तार गर्नठेक्काको जिम्मा लिएपछि सरकारले सडकमा रहेका घर जग्गाको मुआव्जा र क्षतिपूर्ति नदिएपछि काम अघि नबढी म्याद सकिएको थियो ।
गतबर्ष जनप्रतिनिधिहरुको पहलमा तथास्थितीमै पुराना ठेकेदारहरुलाई नै काम गर्न दिने गरि निर्णय भएको थियो ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ९ : ०४ बजे