११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चापागाँउमा काँग्रेसको प्रर्दशन


२५ पुस २०७७, शनिबार  

0
Shares

शनिबार चापागाँउमा भएको प्रर्दशनमा सहभागीहरु । तस्विर ः ललितपुर खबर

ललितपुर खबर
२५ पुस ०७७, चापागाँउ । ललितपुर काँग्रेसले शनिबार चापागाँउमा प्रर्दशन गरेको छ । चापागाँउ टाहाखेलबाट सुरु भएको प्रर्दशन चापागाँउ बसपार्कमा पुगेर कोणसभामा परिणत हुने ललितपुर काँग्रेस नेता खोमप्रसाद घिमिरेले ललितपुर खबरसँग बताए ।
केपी ओली नेतृत्वको सरकारले संसद विघटन गरेपछि नेकपाका माधव नेपाल प्रचण्डको नेतृत्वको घटकसँगै नेपाली काँग्रेस समेत सडक प्रर्दशनमा उत्रेको छ ।
प्रर्दशनमा सहभागीहरुले सरकार विरुद्ध चर्का नारा लगाएको छ । प्रर्दशनमा सयौं सहभागी छन् भन केही मोटर साइकल समेत सहभागी छ ।


जुलुसमा पुर्वसासंद तथा केन्द्रिय सदस्य उदय शम्सेर राणा,मिनकृष्ण महर्जन,रविन्स शर्मा र खोम प्रसाद घिमिरेलगायत नेताहरु व्यानर बोकेर सहभागी छन् । प्रर्दशन ललितपुर १ ख प्रदेश कार्यसमितीले आयोजना गरेको हो । ललितपुरको गोदावीमा प्रदेश क को आयोजनामा प्रर्दशनी भइरहेको छ ।
कााग्रेसले आज देशभरका प्रदेश क्षेत्रमा विरोध प्रदृशन गरिरहेको छ ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  १२ : ०० बजे