११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कुपण्डोलमा एक पुरुष मृत फेला (अपराध समाचारहरु)


२५ पुस २०७७, शनिबार  

0
Shares


२५ पुस ०७७, काठमाडौं । ललितपुर, ललितपुर महनगरपालिका १ कुपण्डोलस्थित रुपक चोकको सडक पेटीमा सोही ठाउँ डेरा गरी बस्ने मोरङ्ग बिराटनगर घर भएका ३८ वर्षीय पर्बत राई शनिबार मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीलाई घुस दिने पक्राउ
काठमाडौं महानगरपालिका १५ विजेश्वनरी पुलस्थित डिउटीमा खटिएको प्रहरीलाई १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काभ्रे तिमाल गाउँपालिका ७ घर भएका २८ बर्षीय चन्द्र तामाङ्गलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश नम्बर ३)०२(०१७ प ७९६८ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक तामाङ्गले मादक पदार्थ सेवन गरेका कारण प्रहरीलाई उक्त रकम दिने खोजे पश्चात प्रहरीले उनलाई त्यस रकम सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं, चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट ९ सय ९४ ग्राम अवैध लागूऔषध चरेश सहित धादिङ्ग थाक्रे गाउँपालिका २ बस्ने २० वर्षीय बिवेक शाहीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बा १ ख ९४४१ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार शाहीलाई लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मुद्दा लागेका फरार ९ जना पक्राउ
मकवानपुर हेटौंडा उपमहानगरपालिका १५ चुरियामाईस्थित सडकमा ना.६ ख ६९६३ नम्बरको बस र ना.६३ प.१५० नम्बरको मोटरसाइकल शुक्रबार राति एकआपसमा ठक्कर खाँदा मोटरसइकलमा सवार सोही उपमहानगरपालिका ३ लेवट बस्ने ४२ वर्षीया देबी लामाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही उपमहानगरपालिका ३ बस्ने ३५ वर्षीय ईश्वर नेपालको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नैकापकी महिला मृत अवस्थामा फेला
काठमाडौं, चन्द्रागिरी नगरपालिका १५ नैकाप गैरीगाउँ डेरा गरी बस्ने ४२ बर्षीया राधा खत्री आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । काठमाडौं, बुढानिलकण्ठ नगरपालिका ६ ईटालिटार लुडे खोलामा सोही ठाउँ बस्ने ५५ वर्षीय बाबुराम श्रेष्ठ पनि शनिबार मृत अवस्थामा फेला परेका छन् ।
चाँगुनारायण एक पुरुष मृत फेला
भक्तपुर, चाँगुनारायण नगरपालिका ८ बस्ने ५२ वर्षीय मनोहरी तिमिल्सिना आफ्नै घरदेखि अन्दाजी ३ सय मिटर टाढा बारीमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
कलंकीमा सुनका गरगहना र नगद चोरी
काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने नारायण सिंह महर्जनको घरबाट सुनका विभिन्न गरगहनाहरु र नगद २ लाख रुपैयाँ समेत गरी करिब ४ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न फरार ब्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको नक्कली सुन दिएर ठगेको अभियोगमा पक्राउ
नक्कली सुन बेच्ने पक्राउ
सक्कली भनी नक्कली सुन दिई सुनचाँदी व्यवसायीलाई ठगी गरेको अभियोगमा ललितपुर गोदावारी बस्ने धादिङ्ग थाक्रे गाउँपालिका ११ घर भएका रवि क्षेत्री भन्ने ३४ वर्षीय राज सापकोटा (सुनार)लाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट सुनको जस्तो देखिने ब्रास्लेट, सुनको जस्तो देखिने सिक्री र उक्त गहनाको बिलहरु समेत प्रहरीले बरामद गरेको छ ।
अनुसन्धानको क्रममा सापकोटाले असोज ६ गते चन्द्रागिरी नगरपालिका ७ थानकोट चेकपोष्टस्थित सुनचाँदी गहना पसलमा विल सहित सुन जस्तो देखिने ब्रास्लेटलाई सुन हो भनी बन्दकी राखी नगद १ लाख ८० हजार रुपैयाँ ठगी गरेको तथा पुस १७ गते चन्द्रागिरि नगरपालिका १२ गुर्जुधारास्थित सुनचाँदी गहना पसलमा विल सहित सुन जस्तो देखिने बालालाई सुन हो भनि बन्दकी राखी नगद २ लाख ८० हजार रुपैयाँ ठगी गरी फरार भएको खुल्न आएको हो ।
सापकोटा उपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
छ ।

 

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ७ : ०८ बजे