११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


टोखामा एक दम्पत्तिको शंकास्पद मृत्यु


२५ पुस २०७७, शनिबार  

0
Shares


२५ पुस ०७७, काठमाडौं । काठमाडौंको टोका नगरपालिका–३ मा एक दम्पत्तिको शंकास्पद रुपमा मृत्यु भएको छ ।

शुक्रबार राति आफ्नै कोठामा सुर्खेत पुर्खेउली घर भएका उमेश केसी र श्रीमती सदीक्षा मृत फेला परेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए ।

राती ९ बजे उक्त घटना भएको थियो । केसी ओछ्यानमा मृत अवस्थामा फेला परेको र गिरीको शव भ¥याङ नजिक झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । दुवै जनाको शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । प्रहरी स्रोतका अनुसार श्रीमान्को हत्या गरी श्रीमतीले पनि आत्महत्या गरेको अनुमान छ । तर शव परीक्षणपछि मात्रै घटनाको तथ्य कुरा खुल्ने जनाइएको छ । केसीका परिवारले भने कर्तव्य गरेर घटना घटाइएको आरोप लगाएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार केसीको टाउकोमा चोट लागेको छ । विसं २०७२ देखि अमेरिकामा बस्दै आएका केसीले केही महिनाअघि मात्रै ग्रिनकार्ड पाएको बताइएको छ । दशैँमा नेपाल आएका उनी अमेरिका फर्कने तयारीमा थिए ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ७ : २० बजे