५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विचार


मिले जितिन्छ, नत्र हारिन्छ


२६ पुस २०७७, आइतबार  

0
Shares

मिसन शर्मा
१२ बर्षे युद्धपछि देशमा शान्ति स्थापना भयो । द्वन्द्वले थिलथिलो भएको नेपालमा शान्ति छायो । मर्ने र मार्ने खेल बन्द भयो । यो कुनै सानो साहस र बुद्धिमत्ताले भएको थिएन ।
लामो युद्वको चपेटामा परेको देश झगडा छोडेर शान्ति,उन्नती र समृद्धिको यात्रामा अघि लाग्दै गर्दा अभानक यो यात्रा विथोलिएको छ ।
आज सबै परिवर्तन भएको छ । सबै राजनीतिक मुद्दा टुंगिएका छन् । अधिकारका विषय पनि अव रहेन । अव पनि बाहाना खोजेर यो भएन त्यो भएन भन्ने छुट जनताले दिने छैनन् ।
हिजो त्यो संर्घष र बलिदानलाई जनताको हितमा बुझ्ने र बुझाउने हो आज मिल्नुको विकल्प छैन ।
एकातिर निर्वाचन घोषणा भएको छ । अर्कोतर्फ माधव–प्रचण्डको गठबन्धन आन्दोलनको कार्यक्रम ल्याएर सडकमा छ । उता प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस भने दुवै गुटसँग मिलेर आन्दोलन गर्ने मुडमा छैन । उ एक्लै सडकमा उत्रेर चुनावको माऔल बनाउन तल्लिन छ । काँग्रेसले यो बुझिसक्यो कि नेकपा फुटेपछि काँग्रेसलाई फाइदा हुनेछ । अवको सत्ता उसको हो ।
नेपाली राजनीतिमा भाई फुटे गवार लुटेको चरितार्थ हुदैछ । नेकपाका दुवै धारका नेताहरुले यो बुझ्नु जरुरी छ कि आज काँग्रेसलगायतका पार्टीहरुमा विजयोत्सव मनाउन सुरु भइसकेको छ ।
नेकपामा केपी ओली पक्ष र प्रचण्ड पक्षको मिलन विन्दु भनेको दुबैले गल्ती महसुस गर्नुबाट सुरु हुन्छ । तिमीले गल्ती महसुस गछौं भने म पनि आफ्नो हिस्सा प्रायचित्त गछु भन्ने साहस गर्नु पर्छ ।
यो हार्ने खेल खेलेको नेपाली जनतालाई पटक्कै मन परेको छैन । अस्थिर राजनीतिका कारण ५ बर्षे सत्ता चलाउन जनताले झण्डै दुई तिहाई दिएका हुन् । नेकपाका नेताहरुले अव कुन मुख लिएर निर्वाचनमा जाने यो बुझ्न जरुरी छ ।
नेकपाका दोश्रो तहका नेताहरु एक अर्काको उछित्तो काट्ने होइन कि दुवै नेताहरुलाई मिलाउने भूमिका खेल्न जरुरी छ । पछिल्लो समय नेकपाका नेता वामदेव गौत्तम पार्टी मिलाएर अघि बढ्ने अडान मा छन् । तर नेकपाका दोश्रो तहका नेताहरु पार्टी मिलाउनुको साटो हिलो छ्याप्न व्यस्त हुनु दुभाग्र्य हो । दोश्रो तहका नेताहरु पार्टी मिलाउनतिर नलाग्ने हो भने निर्वाचनपछि पार्टी सकिन्छ ।
पार्टी सरकारमा हुँदा भएको काम देखाउन सकेन भने माधव–प्रचण्ड समूहले पनि छुट निर्वाचनमा पाउदैन । १ हजार भोटले जित हार हुने निर्वाचनमा यो समूह पनि अगाडि आउन सक्नेछैन । न त काँग्रेससँग गठबन्धन नै हुनेछ । फुट सत्ता बाहिर बस्ने बाध्यता हुन्छ ।
एक्लै लड्ने केपी ओली समूहले बहुमत ल्याउन अझैं कठीन छ । समानुपालिक निर्वाचन प्रणालीले उसै मिलेर सत्ता चलाउन बाध्यता पर्ने प्रष्ट छ ।
जव ०५८ सालमा राजाले सत्ता हातमा लिए आज सत्ताको वरिपरि घुम्ने नेताह नै हामीले हिजो गल्ती गरेका थियौं । हामीले जनता भुल्यौं अव हामी गल्ती गर्ने छैनौं भनेको नेपाली जनताले विर्सेका छैनन् । तर आज ती सबै नेताहरुले विर्सि सकेका छन् ।
हामीले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ल्याएर के पायौं भनेर जनतालाई प्रश्न गर्ने अवस्था आउन दिनु हुँदैन । आज विदेशी राष्ट्रहरु पनि नेपालमा भरपर्दो सरकारको खोजी गरिरहेका छन् । उनीहरु सधै फरक फरक नेता पार्टी र सिस्टम अंगिकार गर्ने सरकारसँग काम गर्न अप्ठ्यारो छ । त्यसैले नेपालमा शक्तिशाली सरकार सबैले चाहेका छन् ।
पछिल्लो घृणित राजनीतिले जे भइरहेको छ गणतन्त्रलाई बोल्न पाउने तर खान नपाउने व्यवस्था प्रमाणित गर्ने कोसिस भइरहेको छ । यो आजको राजनीतिक व्यवस्थाको विरुद्ध छ ।
नेपालीलाई सुखी बनाउने धनी बनाउने राजनीतिक व्यवस्था दिन सकिएन भने नेपाली जनताले मान्ने छैनन् । एक दिन यस्तो आउने छ यो परिवर्तनले केही दिएन भने पछाडि फकौं न त भनेर जनता नै भन्न थाल्नेछन् ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  १० : ३० बजे