११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोरखा–काठमाडौं पदयात्रा हनुमानढोका दरबार आइपुग्दै


२६ पुस २०७७, आइतबार  

0
Shares


२६ पुस ०७७, काठमाडौं । गोरखा दरबारबाट गत मङ्गलबारबाट शुरु भएको गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा आज साँझ हनुमानढोका दरबार आइपुग्दैछ । नुवाकोटको ककनी गाउँपालिका–५ बसपार्कमा आइतबार बिहान नेपाली सेनाको जबरजङ्ग गणले शम्शेरदल गणलाई गोरखा दरबारदेखि ल्याइएको राष्ट्रिय एकताको प्रतीक नेपालको राष्ट्रिय झण्डा र दीप हस्तान्तरण गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाको पहिलो पटक गठन भएका पाँच युनिटका झण्डा लिएर पदयात्रामा निस्केको सैनिक टोलीलाई तीनपिप्लेमा स्थानीयवासीले आइतबार नै पञ्चैबाजासहित स्वागत गर्ने छन् । उक्त पदयात्रा त्यसपछि मुड्खुगढी र थानागढी हुँदै बालाजु बाइपास–सोह्रखुट्टे–पकनाजोल–नरदेवी हुँदै हनुमानढोका दरबार पुग्ने कार्यक्रम रहेको निर्देशनालयले जानकारी दिएको छ ।

हनुमानढोकामा पदयात्रा टोलीलाई स्थानीय निकायका प्रतिनिधि, गुठी, क्लब, सर्वसाधारणलगायतले स्वागत गरेपछि शम्शेर दल गणले हनुमान ढोकामा तैनाथ शार्दूलजङ्ग गुल्मलाई झण्डा हस्तान्तरण गर्नेछ । सैनिक कवाज प्रदर्शनसहित दीप तथा ती पाँच प्रथम युनिटका झण्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  १२ : ३३ बजे