११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गठ्ठाघरमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु


२६ पुस २०७७, आइतबार  

0
Shares

प्रतिकात्मक तस्बिर

२६ पुस ०७७, भक्तपुर । भक्तपुरको गठ्ठाघरमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
शनिबार राति पौने ७ बजे मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरमा प्र ३०२-०४ प ७३२४ र बा ५३ प ९८६४ नम्बरको मोटरसाइकल आपसमा जुधेको हो।

दुवै मोटरसाइकल भक्तपुरबाट काठमाडौं जाँदै गरेको महानगरीय प्रहरी परिसर, भक्तपुरले जनाएको छ।
दुर्घटनापछि मोटरसाइकलमा सवार व्यक्तिहरूको उपचारको लागि स्थानीय तथा प्रहरीले चालकहरूलाई समिट अस्पताल पुर्‍याएका थिए।

प्र ३-०२-०४ प ७३२४ नम्बरका चालक उदयपुर लिमचुङबुङ गाउँपालिका–१ घर भइ लोकन्थली बस्ने २२ वर्षीय मनराज राई र २४ वर्षीय मनिकला राईको थप उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल रिफर गरिएको थियो।
उपचारको क्रममा शनिबार राति आठ बजे मनराज राईको मृत्यु भएको हो । सो मोटरसाइकलमा सवार मनिकलाको उपचार भइरहेको छ।

दुर्घटनामा अर्का मोटरसाइकल चालक रौतहटको गौर नगरपालिका–८ घर भइ ललितपुर मंगलबजार बस्ने ४१ वर्षीय युवराज विक सामान्य घाइते छन्।

 

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ३ : ११ बजे