११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चापागाँउ चारघरेकी महिला मृत फेला(अपराध समाचारहरु)


२६ पुस २०७७, आइतबार  

0
Shares


२६ पुस ०७७,चापागाँउ । ललितपुर चापागाँउ चारघरे कुलोमा एक महिला मृत फेला परेकी छिन् ।
ललितपुर, गोदावरी नगरपालिका १० चापागाँउ चारघरे झोलुङ्गे पुलसँगै टिकाभैरव राज कुलोको पानीमा ती महिला मृत अवस्थामा फेला परेकी हुन् ।
मृत महिलाको घर चापागाँउ चारघरे रहेको खुल्न आएको छ । मृत महिला४३ वर्षीयाको र नाम धनमाया तामाङ शनिबार मृत अवस्थामा फेला परेकी हुन् ।
भक्तपुरमा जुध्यो दुई वटा मोटरसाइकल
भक्तपुर मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरमा प्रदेश ३–०२–०४ प ७३२४ नम्बरको मोटरसाइकल र बा.५३ प ९८६४ नम्बरको मोटरसाइकल शनिबार साँझ आपसमा ठक्कर खाँदा प्रदेश ३–०२–०४ प ७३२४ नम्बरको मोटरसाइकल चालक भक्तपुर बस्ने उदयपुरका २२ वर्षीय मनराज राईको केएमसी सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक उद्धार तथा थप अनुसन्धान गरिरहेको छ ।
जडिबुटी ढुङगेधारा पुरुष मृत फेला
काठमाडौं महानगरपालिका ३२ जडिबुटी ढुङगेधारा नजिक छाप्रो भाडामा लिई बसेका मोरङ पथरी घर भएका ४५ वर्षीय पशुपति चौहान आफ्नै कोठामा सुतिरहेको अवस्थामा शनिबार मृत फेला परेका छन् ।

 

 

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ७ : ५९ बजे