२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भूगोलपार्कमा मूर्ति प्रतिस्थापन कार्य रोक्न सर्वोच्चको आदेश


२६ पुस २०७७, आइतबार  

0
Shares


२६ पुस ०७७, काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंको भूगोलपार्कमा नेपालमा रातो मत्स्येन्द्रनाथ ल्याउने राजा नरेन्द्र देव, तान्त्रिक बन्धुदत्त आचार्य र ललित ज्यापूको मूर्ति प्रतिस्थापन गर्ने निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश टङ्कबहादुर मोक्तानको एकल इजलासले शुक्रबार उक्त स्थापनमा मूर्ति निर्माणका लागि शिलान्यास गर्ने कार्य यही पुस २९ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अदालतले यही पुस २९ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग, कामपा वडा नं २२ को वडा कार्यालय र भूगोलपार्क सुधार समितिलाई विपक्षी बनाई अधिवक्ता पदमबहादुर श्रेष्ठले भूगोलपार्कमा मूर्ति प्रतिस्थापन गर्दा पाटन तःबहालकै अनुसार बनाउन आदेशको माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

भूगोलपार्कमा २०७५ साल माघ १२ गतेको निर्णयअनुसार नेपालमा रातो मत्स्येन्द्रनाथ ल्याउने राजा नरेन्द्र्रदेव, तान्त्रिक बन्धुदत्त आचार्य र रथचक्र ललितज्यापूको मूर्ति स्थापना गर्न लागिएको तर पाटन तःबहालमा स्थापना भएको मूर्तिको ठीक विपरीत मूर्ति बनाउन लागिएको रिट निवेदनमा उल्लेख थियो ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ८ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।