३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुर कालोपाटीमा घरको पाँचौं तलाबाट खस्दा मजदुरको मृत्यु


२७ पुस २०७७, सोमबार  

0
Shares


२७ पुस ०७७, भक्तपुर । भक्तपुरमा घरको पाँचौं तलाबाट खस्दा एक मजदुरको मृत्यु भएको छ।
आइतबार पौने २ बजे भक्तपुर नगरपालिका–२ कालोपाटीस्थित एक निर्माणाधीन घरको पाँचौ तलाबाट खसेर एक मजदुरको मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरले जनाएको छ ।
सुनिल थिमीको पाँचौं तलाको घरबाहिर इट्टाको गाह्रो लगाउने क्रममा ३५ वर्षीय डम्बर मगरको मृत्यु भएको हो। उनी बर्दिबास घर भइ हाल भक्तपुर सूर्यविनायक नगरपालिका–५ कटुन्जे बस्दै आएका थिए।

अचानक पाँचौं तलाबाट खस्दा उनी गम्भिर घाइते भएका थिए। तत्कालै उनको उपचारको लागि डा.इवामुरा अस्पताल भक्तपुर पठाइएको थियो।

उपचारको क्रममा उनको मृत्यु भएको हो ।

 

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ९ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।