४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


विश्वभर ९ करोड १३ लाख कोरोना संक्रमित


२८ पुस २०७७, मंगलबार  

0
Shares


२८ पुस ०७७, काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड १३ लाख ६५ हजार ५९८ पुगेको छ । संक्रमितमध्ये ६ करोड ५३ लाख ८३ हजार ९७ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।
वर्ल्डोमीटरका अनुसार कोरोनासंक्रमणबाट मृत्यु हुनेको संख्या १९ लाख ५४ हजार २५६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २ करोड ४० लाख २८ हजार २४५ जना रहेका छन् ।
अमेरिकामा कुल संक्रमित २ करोड ३१ लाख ४३ हजार १९७ जना पुगेको छ । ३ लाख ८५ हजार २४९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये १ करोड  ३६ लाख ८० हजार  ४६१ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ९० लाख ७७ हजार  ४८७ जना रहेका छन् ।
भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४ लाख ७९ हजार ९१३ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५१ हजार ३६४ पुगेको छ । १ करोड १ लाख ११ हजार २९४ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २ लाख १७ हजार २५५ जना रहेका छन् ।
संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ८१ लाख ३३ हजार  ८३३ जना संक्रमित भएका छन् । त्यसमध्ये २ लाख ३ हजार ६१७ को मृत्यु भएको छ । ७२ लाख ७ हजार ४८३ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ७ लाख २२ हजार ७३३ जना रहेका छन् ।
रुसमा ३४ लाख ४८ हजार २०३ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ६२ हजार ८०४ जनाको मृत्यु भएको छ । २८ लाख २५ हजार ४३० जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५ लाख ५९ हजार ९६९जना रहेका छन् ।
बेलायतमा ३१ लाख १८ हजार  ५१८ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ८१ हजार ९६० जनाको मृत्यु भएको छ । १४ लाख ६ हजार ९६७  जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १६ लाख २९ हजार ५९१ जना रहेका छन् ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  २ : ४४ बजे