११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बर्खेपाटीमा पानी तान्ने मेसिन चोरेको भन्दै कुटपिट गरी हत्या




२३ चैत ०७७, भक्तपुर । भक्तपुरमा पानी तान्ने मेसिन चोरेको भन्दै एक जनाको कुटपिटबाट हत्या भएको छ।
प्रहरीले कुटपिट गरी हत्या गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

शनिबार राति साढे ११ बजे चाँगुनारायण नगरपालिका–२ बर्खेपाटीस्थित पानी तान्ने मोटर चोरी गर्ने व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएका थिए। सो व्यक्ति काभ्रे कुसादेवी बस्ने कृष्ण गुरूङ भएको बताइएको थियो। तर उनले आफ्नो नाम ठेगाना प्रष्टसँग प्रहरीलाई बताउन नसकेको प्रहरीले जनाएको छ ।

स्थानीयले उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई फोन गरेका थिए। प्रहरीले स्थानीयलाई चोरी गर्ने व्यक्तिमाथि कुटपिट नगर्नू भन्ने जानकारी दिएको थियो।
तर महानगरीय प्रहरी प्रभाग व्यासीबाट खटिएको टोली पुग्दा ती पुरूषको नाकबाट रगत बगेको अवस्था भेटिएका थिए ।
मृतकले मादक पदार्थसमेत सेवन गरेका थिए। उनले च्याउ खेती लगाउन बनाएको सानो पानी जम्मा हुने पोखरीको मोटर तान्दै गर्दा स्थानीयले देखेपछि उनलाई नियन्त्रणमा लिएर कुटपिट भएको प्रहरीले जनाएको छ ।

उपचारको लागि प्रहरीले उनलाई भक्तपुर अस्पतालमा पठाएको थियो। आइतबार दिउँसो साढे दुई बजे उनको उपचारकै क्रममा मृत्यु भएको थियो। चिकित्सकका अनुसार उनको दिमागमा रक्तश्राव हुँदा मृत्यु भएको हो।

चार जना नियन्त्रणमा

प्रहरीले घटनामा संलग्न भएको आरोपमा चाँगनारायण–२ का ५० वर्षीय टेकबहादुर केसी, ३२ वर्षीय नविन कोजु, भक्तपुर नगर–७ का ३७ वर्षीय विनोद लाखा र दोलखा घर भइ चाँगुनारायण-२ बस्ने ३८ वर्षीय कमल खत्रीलाई नियन्त्रणमा लिएको छ।
मृतकको पहिचान नखुलेको तथा आफन्तहरू सम्पर्कमा नआउँदा चिन्नेले प्रहरीलाई सम्पर्क गर्न समेत आग्रह गरेको छ।

 

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ८ : ४१ बजे