११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुर कुटपिट गरी हत्या गरेको अभियोगमा ५ जना पक्राउ




२३ चैत ०७७, भक्तपुर । काभ्रे कुशादेवी घर बताउने ३० वर्षीय कृष्ण गुरुङ भनिने व्यक्तिलाई कुटपिट गरी हत्या गरेको अभियोगमा ५ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा भक्तपुर चाँगुनारायण नगरपालिका २ बस्ने ५० वर्षीय टेकबहादुर केसी, सोही ठाउँ बस्ने ३२ वर्षीय नविन कोजु, भक्तपुर नगरपालिका ७ बस्ने ३७ वर्षीय बिनोद लाखा, चाँगुनारायण नगरपालिका २ बस्ने दोलखा भिमेश्वर नगरपालिका ९ घर भएका ३८ वर्षीय कमल खत्री (फुँयाल) र भक्तपुर चाँगुनारायण नगरपालिका ३ बस्ने सुनसरी बर्जु गाउँपालिका ३ घर भएका ३४ वर्षीय सनिस कुमार राय रहेका छन् ।
चाँगुनारायण नगरपालिका२ बर्खेपाटीमा पानी तान्ने मोटर चोरी गर्दै गरेको अवस्थामा व्यक्ति नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल महानगरीय प्रहरी प्रभाग व्यासी भक्तपुरबाट खटिएको प्रहरीले कृष्ण गुरुङ भनिने व्यक्तिलाई कुटपिटबाट गम्भीर घाइते भएको अवस्थामा फेला पारेको थियो । कुटपिटमा संलग्न उनीहरुलाई नियन्त्रणमा लिई गम्भीर घाइते
भएका कृष्ण गुरुङ भनिने व्यक्तिलाई तत्कालै उपचारका लागि भक्तपुर अस्पतालमा पठाईएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ९ : ३३ बजे