१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


६१ लाखको फर्जी चेक दिने पक्राउ




२३ चैत ०७७, काठमाडौं । खातामा पैसा नभएको जान्दा जान्दै फर्जी चेक दिएर बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं कागेश्वरी मनहरा नगरपालिका ९ गोठाटार बस्ने खोटाङ रुपाकोट मझुवागढी नगरपालिका–१५ घर भएका ३४ वर्षीय बरुण ढकाललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७७ पुस १५ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र विगो बमोजिम ६१ लाख ५५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं पेप्सीकोलामा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
ढकालले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी कुमारी बैंक लिमिटेड शाखा कार्यालय कोटेश्वरमा रहेको उनको नामको खाताबाट भुक्तान हुने गरी २ जना पीडितलाई ६१ लाख ५५ हजार रूपैयाँ बराबरको चेक काटी दिएको घटनामा
बैंकिङ कसूर जन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनले उक्त कैद तथा जरिवाना ठहर गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको व्युरोले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ८ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।