१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मंगलबजार बस्ने सुनार १६ थान मूर्ति चोरीको आरोपमा पक्राउ




२४ चैत ०७७, ललितपुर । १६ थान मूर्ति चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरले चोरीको आरोपमा काभ्रेको बेथानचोक गाउँपालिका६ घर भई ललितपुर मंगलबजार बस्ने ४८ वर्षीय राजकुमार सुनारलाई पक्राउ गरेको हो।

सुनारलाई चैत २२ गते बालकुमारीबाट पक्राउ गरिएको परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए। चैत १३ गते राति ८ बजेतिर ललितपुर महानगरपालिका-१६ धौगलबजारस्थित माइकल शाक्यले सञ्चालन गरेको मूर्ति बनाउने उद्योगबाट विभिन्न आकृतिका १६ थान मूर्ति चोरी भएको थियो । पक्राउ परेका सुनार विरुद्ध जिल्ला अदालत ललिपुरबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको एसपी महर्जनले बताए ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  २ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।