११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रेमा बसभित्रै महिलाको हत्या




२५ चैत ०७७, काभ्रे । काभ्रेमा बसभित्रै एक महिलाको हत्या भएको छ। बनेपा नगरपालिका–८ स्थित बसपार्कमा पार्किङ गरी राखेको बा २ ख २४२७ नम्बरको बसभित्र एक ३५ वर्षीया महिलाको हत्या भएको प्रहरीले जनाएको छ ।

हत्याको आरोपमा प्रहरीले तीन जना किशोर र एक जना किशोरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। गत आइतबार बसभित्र एक महिला मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले घटनामा संलग्‍न उनीहरूलाई पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानको क्रममा मृतक महिलासँग शारीरिक सम्पर्क गर्ने कार्यमा विवाद भई घटनामा आफूहरुको पहिचान खुल्ने डरले सबैजना मिली हत्या गरेको खुल्न आएको छ।

 

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ८ : ५१ बजे